• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कविता – ए कर्णालीबासी हो !

  •  
  • २०८० बैशाख १०, आईतवार १०:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ए कर्णालीबासी हो !
    किन तुइन चढेको?
    सरकरले राजधानीबाट तुइनमुक्त नेपाल बनाइसक्यो त !
    जताततै पक्की पुल बनिसकेका छन् त !
    फेरि पनि किन तुइन चढ्यौ ?
    भाइरल हुन पो हो कि !
    पुर्खाले चढेकोले नयाँ पुस्तालाई देखाउन हो कि !
    सरकारी पक्की पुलको विरोध गर्न पो हो कि !
    तुइन विस्थापित गरेको विरोधमा पो हो कि !
    कि कतै आत्माहत्या गर्न तुइन चढेको !

    ए सरकार !
    मलाई शंका पो लाग्यो त !
    कि कागजी पुल बनायौ !
    कि बन्दाबन्दै भत्किने पुल बनाउने ठेकदारलाई
    जिम्मा दिएकोले
    कर्णालीबासीहरु डराएर
    तुइनमै झुन्डिएर यात्रा गरे !
    कि तुइन बन्द भयो भन्ने सूचना दिएनौ !
    कि पक्की पुल उद्घाटन भयो भनेनौ !
    कि तिम्रो तुइन विस्थापित भएको कुरा पत्याएनन् ।

    कतै संचार माध्यमको आधारहीन समाचार त होइन ??
    चौंसठ्ठी जनाले तुइन चुँडिएर र खसेर ज्यान गुमाए रे !
    तीन जनाको मात्रै लाश भेटियो रे !
    एकसट्ठी जनालाई प्रहरीले वेपत्ताको सूचीमा राखेछन् रे !
    एउटै वडाको पच्चीस जनाले ज्यान गुमाए रे !
    एक विहानै भालेले उठाउँदा,
    सायद कुकुरले आची नखाँदै,
    घामको पहिलो किरण नझुल्किंदै,
    मैले आङ तन्काउँन नपाउँदै,
    यो समचार अफाह फैलाउन प्रसारण गरेको त होइन ??

    जे होस् सत्य तथ्य बुझ्नलाई
    ए सरकार एउट छानबिन समिति गठन गरियोस् !
    पूर्व सरकारले कमजोरी गरे कि !
    संचार माध्यमले गलत समचार प्रसारण गरे कि !
    कर्णालीबासीले तुइन छोड्न अटेरी गरे कि !
    कर्णालीबासी पक्की पुल नचढी नियम उलंघन गरे कि !
    कर्णालीबासीलाई तुइनमै झुन्डिएर बजार जान बाध्य पारे कि !

    जे होस् सरकार !
    कर्णाली नदी
    मान्छे खाने
    नरपिचास, भूत, प्रेत, राक्षस होइन,
    माता, देवी, आमा यस्तै यस्तै बनून् ।
    प्रकृति जीवन रक्षक बनून्
    प्रकृति भक्षक नबनून् ।

    पुराण ल्हेगे चिउरी खर्के
    सुनवल-३, नदुवा, नवलपरासी

    Post Views: 134

    प्रकाशित मिति: २०८० बैशाख १०, आईतवार १०:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ग्लोबल एजुकेशन मोबिलिटी र वर्तमान चुनौतीहरूबारे ECAN को आधिकारिक धारणा
    नवलपरासी पूर्व वितरक संघ “गैंडाकोट वितरक संघमा” परिणत
    भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२
    ताजा अपडेट
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ५. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    चर्चित
    • १. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    • २. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.