
सुनवल । पश्चिम नवलपरासीको सुनवल ४ घैयावारी स्थित सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको खानेपानीको फिल्टर पानीको ट्याङ्कीमा रहेको एचडिपि प्लास्टिकमा आगलागी हुदा २० लाख बरावरको क्षति भएको छ ।

गर्मि र सुख्खा मौसममा घैयाबारी जङ्गलमा लागेको आगो सल्किएर खानेपानीको फिल्टर पानीको ट्याङ्कीमा रहेको एचडिपि प्लास्टिकमा आगलागी हुन पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

आज आईतवार विहान साढे १० बजे तिर भएको आगलागी स्थानीय मानिसहरु , दमकल र प्रहरीको सहयोगमा दिउसो करिव सवा १२ बजे पुणर् रुपमा नियन्त्रणमा आएको हो ।
आगलागिबाट मानवीय तथा चौपाय क्षती नभएपनि एचडिपि प्लास्टिकको पाइप (१ ट्रक), गोदाम घर र शौचालयको झ्याल ढोकाको समेत गरी करिव २० लाख भन्दा बढी मूल्य बराबरको धनमाल क्षति भएको प्रहरी नायव उपरिक्षक पाण्डेले जानकारी दिनुभयो ।




