४ कार्तिक २०८३, मङ्लबार

विस्वासको मत नपाएपछि लुम्विनीमा मुख्यमन्त्री गिरी पदमुक्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त हुनुभएको छ । प्रदेश सभा बैठकमा विश्वासको मत नपाएपछि मुख्यमन्त्री गिरी पदमुक्त हुनुभएको हो ।नेकपा माओवादी केन्द्रसहित सत्तारुढ दलहरुले गएको चैत १२ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले आज प्रदेश सभा बैठकमा विश्वासको मत माग्नुभएको हो । गिरीको पक्षमा एमालेका २९ र राप्रपाका ४ गरी ३३ मत मात्रै खस्यो । ८७ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४४ सांसदको समर्थन आवश्यक थियो ।

मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका हुन् । सत्तामा सहभागी दलहरुले समर्थन फिर्ता लिएपछि नेकपा माओवादी, नेपाली कांग्रेससहितका ५३ जना सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलको हिसाबले संविधानको धारा १६८ (३) बमोजिम सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको बताएको छ । लुम्बिनी प्रदेशमा एमाले सबैभन्दा ठूलो दल हो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार