
नवलपुर । नवलपरासी पूर्व नवलपुरका विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार विनयी त्रिवेणी गाउँपालिका ४, तल्लो पिदारीमा बाघको आक्रमणबाट एकजन घाइते भएका हुन् । पाठकका अनुसार मणि मुकुन्द सामुदायिक वनमा वनको रेखदेखको लागी खटिएका वनपाले ४० वर्षीय योग बहादुर पल्लिलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट खुट्टामा चोट लागेको उहाँको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । बाघको आक्रमणबाट घाइते योग बहादुरलाई स्थानीयले देखि उद्धार गरेका थिए। उहाँलाई आइतबार साँझा बाघले आक्रमण गरेको हो ।





