
सुनवल । महाकवि देवकोटा क्याम्पस अतिरिक्त क्रियाकलाप शाखाको आयोजनामा शुक्रवार फाइनाइन्सियल लिटरेसी प्रोग्राम सम्पन्न भएको छ । क्याम्पस प्रमुख नारायणप्रसाद ढकालको अध्यक्षता तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि लामिछानेले स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई यस किसिमको शेयर बजार सम्बन्धि कार्यक्रमले नवीन ज्ञान प्रदान गर्ने विचार व्यक्त गर्नुभयो ।

एन.एम.बि. बैंक शाखा कार्यालय सुनवलका शाखा प्रमुख अर्जुन ज्ञवाली प्रमुख प्रशिक्षक रहनु भएको सो कार्यक्रममा एन.एम.बि. बैंकका कर्मचारीहरु, सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुखहरु, शिक्षक शिक्षिका साथै स्नातक तह व्यवस्थापन संकाय बी.बी.एस. प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरु गरी १५० बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रशिक्षक ज्ञवालीले बैंक,वचत,शेयर कारोबार आदिको बारेमा स्पष्ट पार्नुभएको थियो । सो कार्यक्रममा शिक्षक भिमलाल ढकालको संचालन र शिक्षिका सुलोचना अर्यालको स्वागत मन्तव्य रहेको थियो ।

यसैविच महाकवि देवकोटा क्याम्पसको आयोजनामा सञ्चालित दुई दिने ट्याक्सेसन ट्रेनिङको समापन भएको छ । बी.बी.ए. पाचौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई लेखा र कर सम्बन्धि प्रयोगात्मक ज्ञान प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त तालिममा सि.ए. महेश घिमिरे प्रशिक्षक रहनु भएको थियो ।
कार्यक्रममा क्याम्पस संचालन समिति अध्यक्ष कृष्ण प्रसाद लामिछानेले आर्थिक रुपमा सचेत हुन पर्ने तथा आफ्नै देशमा केही गर्न सकिने र विद्यार्थीहरु पनि व्यवसायिक हुनुपर्ने धारणा राख्नुभयो ।
सो अवसरमा पाचौ सेमेष्टरकी छात्रा सिमा अग्रहरीले तालिमबाट नया ज्ञान प्राप्त गरेको आफ्नो भनाई राख्नुभयो ।
प्रशिक्षक घिमिरेले वजारमा गएर काम गर्न निकै चुनौति रहेकोमा क्याम्प्सले तालिम संचालन गरी काम गर्ने वातावरण तयार गरेको बताउनुभयो ।
तालिममा सहायक क्याम्पस प्रमुख प्रकाश जि.सी.,बी.बी.ए. संयोजक ताराप्रसाद पाण्डे शिक्षकहरु प्रविन शर्मा, बरुन ज्ञवाली साथै बी.बी.ए. पाचौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु गरी ४० जनाको सहभागिता रहेको थियो । सो कार्यक्रमको संचालन शिक्षक हरिदत्त शर्माले गर्नुभएको थियो ।



