१ अशोज २०८३, बिहिबार

प्रतापपुरको बालसंरक्षण कार्यविधि र विद्यालय बाल संरक्षण नीति पास

परासी । वालमैत्री पालिका बनाउने अभियानका साथ अगाडी बढेको पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाले आफुले निर्माण गरेको कार्यविधी र नीति पास गरेको छ । युनाईटेड मिसन टु नेपाल तथा ईन्दे्रणी सामाजिक विकास मन्च बर्दघाटको सहयोगमा गाउपालिका सभाहलमा आज एक कार्यक्रमका विच बालअधिकार प्रवर्धन तथा बालसंरक्षण सम्बन्धी कार्यविधि २०८० र विद्यालय बाल संरक्षण नीति २०८० पास गरेको हो ।

गाउपालिकाको वालवालिका सम्बन्धी नीति निर्देशिका सम्बन्धी कार्यशाला मार्फत नीति तथा निर्देशिका सम्बन्धी छलफल गरी अन्तिम दस्तावेज तयारीका लागि वालवालिकाको अधिकार सुनिश्चित गर्ने उदेश्यले पहिलो चरणको कार्यक्रम सम्पन्न पश्चात मस्यौदा तयार भएको कार्यविधिमा एक दिने पृष्ठपोषण कार्यक्रम राखी संकलन गरिएको विषय बस्तुहरु समावेश गरी ति दुई कार्यविधि र नीति पास गरिएको ईन्द्रेणी समाजिक विकास मन्च नवलपरासीकी उपाध्यक्ष सावीत्री पौडेलले बताउनुभयो ।

गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष मान कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत , कार्यपालिका सदस्य,वडा अध्यक्ष, वडा सदस्यहरु, विभिन्न शाखाका शाखा प्रमुख,वाल कल्याण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार