
परासी । पश्चिम नवलपरासीमा भाउजुको हत्या आरोपमा देवर पक्राउ परेका छन् । जिल्लाको रामग्राम नगरपालिका-१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

जग्गाको बिषयलाई लिएर वादविवाद एवम् झैं-झगडा हुँदा चन्दनले मोटरसाइकलको सकरले प्रहार गर्दा गम्भीर घाइते भएकी मिरा चौधरीको जिल्ला अस्पताल परासी हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल परासीमा राखिएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको र म्याद थपका लागि अदालत पठाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।



