• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बर्दघाट नगरपालिकामा कार्यविधिको धज्जी उडाउँदै शिक्षक सरुवा

  •  
  • २०८० श्रावण ३, बुधबार १९:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नारायण भण्डारी/प्रकाश न्यौपाने
    नवलपरासी । पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले सोमबार २१ जना शिक्षक सरुवा गर्दा आफैले बनाएको कार्यविधिको धज्जी उडाएको छ । शिक्षक ब्यबस्थापन गर्नका लागि भन्दै नगरपालिकाले २०८० जेठ १९ गते बर्दघाट नगरपालिकाको दरबन्दी मिलान तथा शिक्षक ब्यबस्थापन सम्बन्धी कार्यविधि २०८० स्थानिय राजपत्रमा प्रकासित गरेको छ ।
    कार्यविधिको परिच्छेद ४ को दरबन्दी मिलान कार्यदलको ब्यबस्था ६ (१) अनुसार नगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक दरबन्दी मिलान सम्बन्धी कार्य गर्न नगर शिक्षा समितिले ३ सदस्यीय कार्यदल गठन गर्ने उल्लेख छ । कार्यदलमा सामाजीक विकास समितिका संयोजकको संयोजकत्वमा नगर शिक्षा समितिका सदस्यहरु मध्येबाट नगर प्रमुखले तोकेको एकजना र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सदस्य सचिव रहने ब्यबस्था छ ।


    नगरपालिकाले २१ जना शिक्षक सरुवा गर्दा दरबन्दी मिलान कार्यदलको बैठक नै नबसी गरिएको छ । जबकी कार्यदलले शिक्षक दरबन्दी मिलानका लागि विद्यालयगत मौजुदा शिक्षक संख्या, दरबन्दी मिलानका लागि कायम हुने शिक्षक संख्या र थप दरबन्दीका लागि पुग्नुपर्ने न्यूनतम विद्यार्थी संख्या यकिन गर्नुपर्ने हुन्छ । तर कार्यदलको कुनैपनि छलफल र बैठक समेत नबसी शिक्षकहरुको काज सरुवा गरिएको छ ।


    कार्यदलका सदस्य सचिव एवं शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थीले कार्यदलको बैठक बसेको आफुलाई जानकारी नभएको बताए । उनी भन्छन् “ हामी कर्मचारी हौं निति बनाउने भन्दा पनि जनप्रतिनिधिले बनाएको निति कार्यान्वयन गर्ने हो । ”


    कार्यदलका संयोजक भिमकाजी गुरुङले कार्यदलको बैठक नबसिएको तर नगर शिक्षा समितिमा रहनुभएका साथीहरु विच छलफल गरिएको बताए । उनले भने “ कार्यविधि अनुसार कार्यदलको बैठक नबसे पनि कार्यदलमा रहने ब्यक्तिहरु विच छलफल गरिएको छ । ”कार्यदलका संयोजक र सदस्य सचिवको भनाईबाट पनि शिक्षक सरुवा कार्यविधि अनुसार नभएको प्रष्ट हुन्छ । कार्यदलले शिक्षक दरबन्दी मिलान यकिन गर्ने र अनुमोदनका लागि नगर शिक्षा समितिमा पेश गर्नुपर्ने कार्यविधिमा भएपनि त्यसो गरेको पाईएन ।


    नगर शिक्षा समितिका एक सदस्यले नाम नखुलाउने शर्तमा भने “ शिक्षा समितिको बैठकमा कार्यदलले कुनै सुचि पेश गरेन मेयर र उपमेयर ज्यूले नगरको शिक्षामा सुधार ल्याउँछौं भन्दा हामी विरोध नगरी समर्थन गरेका हौं । जुन कार्यविधि अनुसार मिलेको छैन । ”

    नगर शिक्षा समितिको बैठकमा शिक्षा समिति संयोजक एवं नगर प्रमुख सम्भुलाल श्रेष्ठले २२ जनाको सुचि पेश गर्नुभएको उनले बताए । नगर प्रमुखले २२ जनाको सुचि पेश गरे पनि २१ जना शिक्षकको मात्र काज सरुवा गर्ने निणर्य गरिएको छ ।नगर प्रबक्ता सन्तबहादुर गाहाले शिक्षकहरुको काज सरुवा कार्यविधि अनुसार गर्न नसकिएको बताए । उनले भने “ नगरले शिक्षक सरुवाको निणर्य त गर्‍यो तर हामीलेनै बनाई स्थानिय राजपत्रमा प्रकासित भएको कार्यविधिलाई पूणर्रुपमा पालना गर्न सकेनौं । ”
    दरबनदी मिलान कार्यविधि परिच्छेद २ को शिक्षक सरुवा काज तथा दरबन्दी मिलान सम्बन्धी ब्यबस्था अन्तरगत ४ (११) अनुसार कक्षा १ देखी कक्षा ५ सम्म संचालन भएका विद्यालयहरुलाई कम्तीमा एउटा स्थायि दरबन्दीको ब्यबस्था गर्ने उल्लेख छ । त्यस्तै १२ र १३ मा कक्षा ६ देखी ८ सम्म संचालन भएकोमा एक जना निमावि तहको र कक्षा ९, १० संचालन भएकोमा कम्तीमा १ जना मा.वि. तहको शिक्षक दरबन्दी स्थानान्तरण गर्ने उल्लेख छ ।


    तर नगर भित्र रहेका ८ वटा आधारभुत तहका विद्यालयहरु मध्ये जम्मा २ वटा विद्यालयमा मात्र निमावि तहको दरबन्दी काज सरुवा गरिएको छ । मा.वि. तर्फ ११ वटा मा.वि. मध्ये राष्ट्रिय माविमा मात्रै मा.वि तहको दरबन्दी उपलब्ध गराईएको छैन । श्रोतका अनुसार हाल त्यहाँ प्रधानाध्यापको रुपमा कार्यरत रहेका शेषकान्त पौडेल अन्यत्र जान नमानेका कारण मा.वि तहको दरबन्दी पठाउँदा उनको प्र.अ पद जाने भएकाले मा.वि. को दरबन्दी नपठाईएको हो ।

    शिक्षक सरुवा गरिएको प्रति नगर शिक्षक महासंघले असन्तुष्टि ब्यक्त गरेको छ । महासंघका अध्यक्ष सभ्यता प्रसाईले कुनै आधार र मापदण्ड विना आफुखुसी शिक्षक सरुवा गरेको बताईन् । उनी भन्छीन “ दरबन्दीका नाममा एउटै विद्यालयबाट ३/४ जना शिक्षकलाई आफुखुसी सरुवा गरिएको छ । ”


    नेपाल शिक्षक संघ बर्दघाटका निवर्तमान अध्यक्ष पुणर्कान्त गिरीले कार्यविधिलाई लत्याउँदै शिक्षकलाई काज सरुवा गरेको बताए । उनी भन्छन् “ नगरले बनाएको कार्यविधिको धज्जी उडाउँदै केही जनप्रतिनिधिले मनोमानी तरिकाले शिक्षक सरुवा गरे । नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले शिक्षक सरुवामा कार्यविधि नहेरेको बताए ।

    उनले भने “ नगर प्रमुख ज्यूले प्रस्तावमा ल्याउनुभएको सुचिलाई पारित गरियो । ” नगर प्रमुख सम्भुलाल श्रेष्ठले पूणर् रुपमा कार्यविधि अनुसार शिक्षक सरुवा गर्न नसकिएको स्वीकार गरे । उनले भने हामीले शिक्षक सरुवा गर्दा सकभर कार्यविधि अनुसार नितिलाई टेकेर गरेका छौं तर कहिँ कतै ब्यबहारीक पक्षलाई हेर्दै सहमतीका आधारमा समेत सरुवा गरेका छौं ।

    Post Views: 135

    प्रकाशित मिति: २०८० श्रावण ३, बुधबार १९:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.