
सुनवल । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-५ बाइपासबाट लागू औषध सहित २ जना पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय र जिल्ला ट्राफिक प्रहरीकार्यलयले संयुक्त रूपमा हिजो बुधबार साझ मापसे चेकजाँच क्रममा लु १६ प १६०८ स्कुटीमा रुपन्देहीको तिलोत्तमा नपा-४ का २२ बर्षिय समित मास्के मगर र २५ बर्षिय अनिल दर्जिलाई चेकजाच गर्दा लागुऔषध सेवन गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताउनुभयो ।

लागु औषध सेवन गरेकाको चेकजाँचका क्रममा अनिलको साथबाट चार वटा प्लास्टिकमा पोको पारेको अवस्थामा ८ मिलिग्राम लागू औषध सहित भेटिएको डीएसपी पाण्डेले बताउनुभयो । पक्राउ परेका दुई जनालाई अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।


