परासी । ४१ औ बिपि स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस रामग्राम नगर र नेपाल शिक्षक संघ परासीले भिन्न स्थानमा सरससफाई एवं बृक्षारोपण कार्यक्रम आयोज़ना गरेका छन्।

नेका रामग्रामले परासीको हरीसुशील बिद्यालय र नेपाल शिक्षक संघले आफनो कार्यालय परिसरमा सरसफ़ाई सहित वृक्षारोपण सम्पन्न गरेका छन् ।
शिक्षक संघका जिल्ला अध्यक्ष भोजराज चापागाईको अध्यक्षता एवं नेपालि काङ्ग्रेस नवलपरासीका कार्यबहाक सभापति बिक्रम प्रसाद यादबको प्रमुख आतिथ्यता एवं सघंका बिभिन्न पदाधिकारि र सदस्यहरुको उपस्थितिमा संघको भवन परिसरको सरसफाई गरि स्वामि, धुपिका बिरुवा र पारिजात लगायत फूलहरु समेत रोप्ने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्वागत सघकि महिला उपाध्यक्ष महिला शिब रेग्मिले गर्नुभएकाे थियो भने निबर्तमान अध्यक्ष भविश्वर पाणडेले शुभकामना मन्तव्य राख्नु भएको थियो।

प्रमुख अतिथि कार्यबाहक सभापति एवं नेपाल शिक्षक सङघका पुर्व अध्यक्ष बिक्रम प्रसाद यादवले आजको ऐतिहासिक दिनमा शिक्षक सङघले सरसफाई एवं बृक्षारोपण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिनुभयो। महामानव बिपि कोइरालाले देखाएको मार्ग अनुसरण गर्नसके मात्र सच्चा श्रद्दासुमन हुने बताउनुभयो । साथै रोपिएका बिरुवाको संरक्षण मा ख्याल गर्नुपर्ने भन्दै रचनात्मक कार्य गरेकोमा खुसि ब्यक्त गर्नु भयो।

कार्यक्रमका अध्यक्ष नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष भोजराज चापागाईंले महामानब स्व. बिपि का आदर्शलाई अनुसरण गर्नुपर्ने बताउनु भयो। बिपिका बिचार आजको समयमा झन् सान्दर्भिक भएको बताउनु भयो।
परासी हरिशुशिल विद्यालयमा अायाेजित नेपालि काग्रेस रामग्राम नगर सभापती श्रीधर वस्यालकाे अध्यक्षतामा सम्पन्न भएकाे अर्काे कार्यक्रममा नेपाली काग्रेसका नेताहरू का.सभापती बिक्रम प्र. यादव, माेहन शर्मा, प्रदेश सभासद वैजनाथ जयसवाल , माधव पाणडे, रामचन्द्र प्र. केवट, राधेश्याम पाठक लगायत कग्रेस कार्यकर्ताकाे उपस्थिति सम्मापन्न भएकाे थियाे ।

विपिकाे विचार अनुसरण गर्नुपर्नेमा कार्यक्रमका वक्ताहरूले जाेड दिएका थिए ।



