१ अशोज २०८३, बिहिबार

श्रीकृष्ण धाम विकास समिति: अध्यक्षमा पुनः ढकाल

सुनवल । श्रीकृष्ण धाम विकास समिति सुनवल ४ पश्चिम नवलपरासीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । श्रीकृष्ण धाम विकास समितिका अध्यक्ष याम प्रसाद ढकालको अध्यक्षता तथा लुम्विनी प्रदेश सभा सदस्य खड्ग वस्नेतको प्रमुख आतिथ्यतामा नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाको सभाहलमा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । चौथो साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रममा वोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य वस्नेतले आफु यसै क्षेत्रको प्रतिनिधित्व गर्दै प्रदेश सांसद भएको र यहाँ गरेको प्रतिवद्धताहरु पुरा गर्ने बताउदै श्रीकृष्ण धामलाई प्रचार प्रसार गर्दै विकास गर्नु पर्नेमा जोड दिनुभयो

यस आर्थिक बर्षमा श्रीकृष्ण धामको डिपिआर तयार गर्ने र अर्को आर्थिक वर्षमा बजेट विनियोजन गर्ने प्रदेश सांसद वस्नेतले बताउनुभयो । यस क्षेत्रलाई अगाडी वढाउन विकास, संरक्षण र सम्र्वद्धनमा राजनिति भन्दा माथि सवै उठ्नुपर्ने प्रदेश सांसद वस्नेतको भनाई छ ।

सुनवल नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष वालकृष्ण पंगेनी, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, सुनवल खानेपानी तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष विष्णु प्रसाद न्यौपाने, मुलपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष यज्ञ प्रसाद पाण्डे, साथै महिला समुहको तर्फबाट मिलिजुली महिला समुहका अध्यक्ष ज्ञानु गौतम लगाएतले साधारण सभालाई सम्वोधन गर्नुभएको थियो ।

श्रीकृष्ण धाम विकास समितिको अध्यक्षको प्रतिवेदन अध्यक्ष याम प्रसाद ढकाल र कोषाध्यक्ष तथा लेखा समितिको प्रतिवेदन लेखा संयोजक तिलकराम ढकालले प्रस्तुत गर्नुभएको थियो । समितिका कोषाध्यक्ष सरस्वती पाठक ढकालले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सहसचिव हिमा शर्मा न्यौपानेले गर्नुभएको थियो ।

त्यस्तै आजै सम्पन्न दोस्रो अधिवेशनले पुनः याम प्रसाद ढकालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा कुन्ता तिवारी, सचिवमा याम नारायण लम्साल, कोषाध्यक्षमा इन्द्र सुवेदी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा खेमराज न्यौपाने, राम प्रसाद घिमिरे, पार्वती सिग्देल, देबराज ढकाल, कृष्ण प्रसाद अधिकारी चयन हुनु भएको छ । त्यस्तै लेखा समिति संयोजकमा तिलक ढकाल, सदस्यहरुमा मिना पौडेल र एकनारायण शर्मा चापागाई चयन हुनुभएको निर्वाचन समिति संयोजक गोपाल प्रसाद आचार्यले जानकारी दिनुभयो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार