
सुनवल । पश्चिम नवलपरासी प्रहरीले अवैध रुपमा नेपाल भित्राउदै गरेका अवस्थामा पिकअप सहित वोईलर कुखुराको चल्ला नियन्त्रणमा लिएको छ । आज आईतवार जिल्लाको सुस्ता १ रुपौलियाबाट लु १ ज २६८३ नं का पिकअपमा नेपाल भित्राउदै गरका २६ कार्टुन वोईलर कुखुराको चल्ला बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

उहाका अनुसार पिकअप गाडीको मूल्य रु. पाच लाख र कुखुराको चल्लाको २ लाख २८ हजार समेत गरी जम्मा रु. ७ लाख २८ हजार बराबरको नियन्तणमा लिई पिकअप चालक प्रतापपुर १ बस्ने बर्ष ३७ को भोलानाथ थारु, अबैध चल्ला र पिकअप गाडिलाई नियन्त्रणमा लिई आबस्यक कार्बाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।



