३ कार्तिक २०८३, सोमवार

साहित्य परिषद् नवलपरासी : अध्यक्षमा पुनः डा. श्याम प्रसाद न्यौपाने


ऋचा गुरुङ । साहित्य परिषद्,नवलपरासीको अध्यक्षमा पुनः डा. श्याम प्रसाद न्यौपाने चयन हुनुभएको छ । आज मोतिलाल बहुमुखी क्याम्पस, सुनवल-१३, मा सम्पन्न दोश्रो अधिवेशनले अध्यक्षमा पुनः डा. न्यौपाने सहित नया ११ सदस्यीय कार्य समिति सर्वसम्मतरुपले चयन गरेको हो ।

नवगठित परिषदको उपाध्यक्षमा भविश्वर पराजुली, सचिवमा यमजीत मल्ल, कोषाध्यक्षमा तिलक भट्टराई, सहसचिवमा कपिलदेव पंगेनी तथा सदस्यहरुमा क्रमशः रामदरी अधिकारी, मैना सुबेदी, पुराण गुरुङ , काशीराम पाण्डे र दीर्घनाथ गौतम रहनुभएको छ ।


कार्यक्रममा संस्थाका अध्यक्ष डा. श्याम प्रसाद न्यौपानेको अध्यक्षता र सचिव यमजीत मल्लको सञ्चालन रहेको थियो । २०७५ मा स्थापित संस्थाले ६४औं मासिक पदचाप पूरा गरिसकेको छ ।

संस्थाले नवलपरासी जिल्ला भित्र रहेका कला, संस्कृति, भाषा, साहित्य, गीतसंगीतको संरक्षण, संवद्र्धन र विकासमा योगदान दिने योजनासहित कार्यक्रमहरु अगाडि बढाउने उद्देश्य राखेको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार