३ कार्तिक २०८३, सोमवार

दुई पांङ्ग्रे सवारीको लाइसेन्स सेवा पहिलो पटक सदरमुकाम परासीबाटै

नवलपरासीबासी अब २ पांग्रे सवारी चालक अनुमति पत्र प्राप्तिका निम्ति बुटवल धाउनु पर्ने वाध्यताको अन्त्य भई आजबाट सदरमुकाम परासीबाट सेवा प्राप्त गर्न सकने भएका छन ।

यातायात व्यवस्था सेवा कार्यालय, परासी नवलपरासीले शुक्रवार देखि दुईपाँङ्ग्रे मोटरसाइकल र स्कूटर सवारी चालक अनुमति पत्रको परीक्षा लिन शुरु गरेपछि परासी सादरमुकाम लगायत आसपासका स्थानीयलाई सहज पहुँच हुने भएको हो ।

लुम्बिनी प्रदेश सभाका सदस्य बैजनाथ कलवारले अनुमति पत्रको परीक्षा शुभारम्भ गर्दै माननीय कलवारले नवलपरासीको समग्र बिकासमा नागरिकको सहज पहुँच का निम्ति आफूले बिगतदेखी उठाएका विषय हरु क्रमश पूरा हुँदै गएको बताउनु भयो ।

सभासद कलवारले जिल्ला लाई यातायातको चौतर्फि पहुँच र औद्योगिक करिडोर बनाउने योजना साकार हुँदै गएकोमा सन्तुष्टि मिलेकों बताउद । सभासद कलवारले देशको समग्र विकासका लागि ईमानदारिता र राष्ट्र प्रेम हुनु पर्ने बताऊनू भयो । 

कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख संझना चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जनता समाजवादी पार्टीका अध्यक्ष धरेन्द्र यादव, नेपाल पत्रकार महासंघ नवलपरासीका सभापति हरी शर्मा लगायतले विचौलिया रहित सेवा प्रवाहमा कार्यालयको जोड हुनू पर्ने धारणा राख्नु भएको थियो । 

सेवा शुभारम्भमा ५० जनाले दुई पांङ्ग्रे सवारी चालक अनुमति पत्रको लिखित परिक्षा दिएकोशकार्याल प्रमुख श्याम कुमार पौडेलले बताउनु भयो । उहाँका अनुसार अब आइतबारदेखि विहिवारसम्म सवारी चालक अनुमति पत्रको फारम अनलाइनबाट भर्ने साथै लिखित र ट्रायल प्रत्येक साताको शुक्रवार लिने व्यवस्था गरिएको छ । 

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार