
नवलपरासी / २२ पुस / नवलपरासीका किसानले समयमैं मलखाद नपाएको बिषयले सदा चर्चा पाइरहदा यसपाली हिउँदेबालीका लागि ल्याइएको मल किसानलाई उपलब्ध गराउने ज़िम्मा पाएका बिक्रेता सहकारीले मल खरीदमा चासो नलिए पछि गोदाममै थन्किएको छ ।

पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित सुचिकृत बिक्रेता (सहकारी) ले नलगेपछि गोदाममै थन्किएको हो।
धेरैपटक पत्राचार गर्दा पनि सहकारी संस्थाले मल माग नग़रेपछि उहाँहरुको स्वीकृत कोटामा परेको मल गोदाममै रहेको पोखरेलले गूनासो ग़रे । “जिल्लामा रहेका साबै पालिकाले आ–आफ्नो पालिकाभित्र रहेका बिक्रेता संस्थाको नामसहित निश्चित परिमाणमा मल दिने भनेर कृषि सामग्री कम्पनीलाई पत्र पठाएको थियो ।”
उक्त पत्र अनुसार लिमिटेडले बिक्रेता संस्थालाई मल वितरण सुरु गरेको थियो । नौ बिक्रेताका नाममा रहेको मल उनीहरुले नलगेपछि करिब ७१।३ मेट्रिक टन गोदाममा थन्किएको छ । प्रमुख पोखरलेका अनुसार रामग्राम नगरपालिकाभित्र रहेका परासी आदर्श बहुद्देश्यी, त्रिदेव बचत तथा ऋण, पाल्हीनन्दन बचत तथा ऋण, र साना किसान कृषि सहकारी संस्थाले मल उठाएको छैनन् ।
सुनवल नगरपालिकाका स्वाठी र प्रतापपुरको रामजानकी कृषि सहकारी संस्थाले मल उठाएका छैनन् । पाल्हीनन्दन गाउँपालिकाको कुश्मा बचत, परासिया कृषि बचत तथा ऋण र सनही कृषि सहकारी संस्था गरी नौ संस्थाले मल उठाउन बाँकी रहेको जनाइएको छ ।
कम्पनीले अहिलेसम्म चार पटक गरी मल वितरण गरेको छ । प्रतापपुरको रामजानकी संस्थाले हालसम्म एक पटक पनि मल नलगेको प्रमुख पोखरेलले बताए । “रामजानकी संस्थाका सागर यादवले आन्तरिक तनावले मल उठाउन ढिलो भएको बताउनु भएको छ”, उनले भने, “यादवले पुस मसान्तभित्र मल लगेर किसानलाई वितरण गर्नुहुनेछ ।”
कृषि सामग्री लिमिटेडले साउनदेखि अहिलेसम्म एक हजार छ सय ३९ दशमलव चार मेट्रिक टन मल वितरण गरिसकेको जनाएको छ । जिल्लामा हिउँदेखेती करिब १९ हजार हेक्टर क्षेत्रफल हुने गरेको कृषि ज्ञान केन्द्र नवलपरासीले जनाएको छ । हिउँदेबाली लगाइसकेका किसानले अहिले युरिया छर्ने समय हो ।
सरकारी प्रतिनिधिका रूपमा मलखाद्य उपलब्ध गराउदै आएका विक्रेता सहकारीले समयमैं माग गरि सम्बन्धित किसानलाई मल बिक्री नगर्दा किसान भने क्रोधित बनेको अवस्था छ ।
एका तर्फ़ खेतीको बिगत समयमा किसानले मल नपाउनू र अर्को तर्फ़ किसानलाई सुबिधा दिन भनि मल बिक्रेता बनेका सहकारी खेतीको समयमा उदासीन बनी मल बिक्री नगर्नुले किसानलाई सध मल प्राप्तिको सास्ती नै खेप्नू पर्ने बाध्यता को अन्त्य कहिले हुने चिन्ता यथावत् छ ।


