नवलपरासी- पश्चिम नवलपरासी लगायत पश्चिम तराई क्षेत्रमा एक सातादेखि चलिरहेको शीतलहरले जनजीवन प्रभावित बनेको छ ।


शीतलहरसँगै बाक्लो हुस्सु लाग्न थालेपछि चिसो अत्यधिक बढ्दा वृद्धवृद्धा र बालबालिका अझ बढी प्रभावित बनेका छन् । जेष्ठ नागरिकहरुमा निमोनिया र श्वासप्रश्वासको समस्या पनि बढेको छ । जसका कारण एक साताका लागि विद्यालय बन्द गरिएको छ ।
सीमसीमे पानीजस्तो शीत परेसंगै चिसो हावा चलेको छ । ठाउँ ठाउँमा चिसोबाट बच्न पश्चिम तराईका ग्रामीण र बजार क्षेत्रकां स्थानीयले आगो बालेर तापेका छन् । स्थानीय गाऊँ नगर पालिकाले चिसोबाट जोगिन ठाउँ ठाउँमा स्थानीय तह र बन समितिहरु मार्फ़त दाउरा उपलब्ध गराएपनि विधिपूर्वक पर्याप्त परीमाण मा दाऊरा वितरण नहूदा दैनिकी जीवनयापनमा निस्कीने बीपन्न सर्बसाधारणको पहुँच नपूगेको स्थानीयको गुनासो छ । पालिकाहरु सहर बजारमा मात्र केंद्रित नबनी गरिब बस्तीहरुमा चिसोबाट बच्न दाउरालगायत न्यानो कपडाको व्यवस्था गरिदिनु पर्ने स्थानीयको भनाई छ ।

अत्याधिक चिसोले निमोनिया, दम, रुघाखोकी लगायतका विरामीको संख्या बढेको जिल्ला अस्पताल परासी जनाएको छ ।
विशेष गरि शिशु, वालवालिका र जेष्ठ नागरिक बढी प्रभावित छन् । चिसोबाट जोगिन विहिवारबाट विद्यालय एक साताका लागि बन्द गरिएको छ । चिसोबाट नागरिकलाई जोगाउन आवश्यक तयारीमा लागेको प्रशासनले जनाएपनी तैयारीको प्रभावक़ारीता भने देखीएको छैन ।

तराईमा बर्शेनी हुनें सितलहरको चिसोबाट राहत दिन स्थानीय पालिका लगायत स्थानीय प्रशासनले बेलैमा आवश्यक प्रभावकारी तयारीमा गम्भीर बन्न अनिवार्य देखिच्छ ।



