नवलपरासी / सुनवल नगरीमा हिज़ो देखी जारी महायज्ञको आज दोस्रो दिन १७ लाख रुपौया रकम संकलन भएको छ।


नगद र जिन्सी गरि १७ लाख रुपौया रकम संकलन भएको आयोजक हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मुल समारोह समितिका संयोजक भिमबहादुर थापाले जनाकारी दिएका छन् ।
यही माघ ८ गते सम्म संचालन हुने महायज्ञमा पुण्यका निम्ति दानकर्ताहरु सचिवालय समक्ष सम्पर्कमा आउने क्रम जारी भएको हूदा ध्यानकेंद्रलक्ष्य पुरा हुने आर्थिक समितिका संयोजक मोहन कार्किले बताए।

आज १५ लाख वत्ति प्रज्वलन गरिएको मुल समारोह समितिका महासचिव लेखनाथ खरेलले जानकारी दिए।
महायज्ञमा प्रमुख कथा वाचक वाचन प्रविण दिनवन्धु पोखरेल र वालब्यास श्रवण न्यौपाने द्धारा गरिएको कथा वाचन श्रवण गर्न हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थीति रहेको महायज्ञ मुल समारोह समितिका प्रवक्ता कृष्ण प्रसादलामिछानेले जानकारी दिएका छन् । परोपकारी दाताले महायज्ञ मार्फ़त अर्पण गरेको धनराशि मानवलाई स्वस्थ्य र दिर्घजीवन प्राप्तिकोलागि सुनवलमा सुबिधासम्पन्न, शान्ति र मनोरमयुक्त बृहत् ध्यान र योगकेन्द्रको स्थापना गरीने मूलसमितिले जनाएकोछ । प्रस्तावित ध्यानकेन्द्रको संरक्षक सुनवल नगरपालिकाको कार्यालय रहने बताईएको छ ।



