परासी /नवलपरासी/ रामग्राम नगरपालिका क्षेत्रमा क़ानून विपरीत सञ्चालित औषधि पसल र प्रयोगशालामा सिल गरिएको छ ।

रामग्राम नगरपालिका स्तरीय अनुगमन समितिले बुधबार नगरभित्र रहेका औषधि पसल र क्लिनिकमा गरेको अनुगमनको क्रममा ताला बन्दि गरि सिल गरेको हो ।
रामग्रामका उपभोक्ताहरुबाट ब्यवसायीले तोकिंए भन्दा बढी मूल्य लिने र उपचारमा समेत लापरवाही हुने गरेको व्यापक जनगुनासो आएपछि अनुगमन गरिएको रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले बताईन।
अनूग़मनका क्रममा ‘केही औषधि पसल र प्रयोगशालामा म्याद नागेको औषधि, प्रयोगशाला पनि मापदण्ड विपरीत भेटिदा मानव स्वास्थ्य प्रति बेवास्ता र लापरवाही भएको देखिएकाले ’,दुईवटा पासलमा सिल गरेका छौं ।’ कार्यबाहक मेयर समझना चौधरीले बताईन ।
अनुगमन समितिले रामग्राम नगरपालिकाको वडा न १७ स्थित देवगाउँमा दर्ताबिना सञ्चालन भएको गुप्ता मेडिकल हल सिल गरेको छ । यसैगरी वडा नम्बर १७ पटखौलीमा रहेको सेलिसा फर्माद्धारा सञ्चालित प्रयोगशाला पनि सिल गरिएको छ ।
अनुगमनको क्रममा सदरमुकाम परासीमा रहेका केही औषधि पसलहरुले सेवाग्राही बिरामीसँग सरकारले तोकेभन्दा चार गुणासम्म सेवा शुल्क लिएको भेटिएको स्वास्थ्य कार्यालयका परासीका प्रमुख ओमप्रकाश पन्थीले बताए।
अनुगमनकाक्रममा विभागमा दर्ता भएको व्यक्ति भन्दा फ़रक व्यक्तिले फार्मेसी सञ्चालन गरेको , औषधि व्यवस्था विभागमा दर्ता नग़रिएको साथै म्याद गुज्रिएको औषधि बिक्री वितरण समेत गरेको पाईएकोले उक्त अवैधानिक औषधिहरु जफत गरिएको छ अनुगमन समितिले जानाएको छ ????


