• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

साहित्यिक कार्यक्रम गरी शहीद दिवस मनाइयो

  •  
  • २०८० माघ १६, मंगलवार १६:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    माघ १६, भुमहि ।

    साहित्य परिषद्, नवलपरासीले साहित्यिक कार्यक्रम आयोजना गरी शहीद दिवस मनाएको छ । साहित्य परिषद्ले सुनवल ४ स्थित महाकवि देवकोटा माध्यमिक विद्यालयको सभाहलमा साहित्यिक कार्यक्रम गरी शहीद दिवस मनाएको हो ।

    परिषद्का अध्यक्ष डा. श्यामप्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्रष्टाहरूले स्वतन्त्रा र सार्वभौम सत्ताको उपलब्धीमा शहीदहरूको योगदान रहेकोले शहीदहरूलाई वर्षमा एक दिनमात्र सम्झेर नहुने विचार व्यक्त गरेका थिए । शहीदका तस्बिरमा माल्यार्पण गरेर होइन उनीहरूका सपना साकार पारेरमात्र शहीदहरूप्रति सच्चा श्रद्धाञ्जलि हुने विचारले युक्त रचना वाचन गरेका थिए । जुनसुकै अवस्थामा मृत्युवरण गरेका व्यक्तिलाई शहीद भन्ने अचेलको परिपाटीले शहीद शब्दको अर्थावनति भएकोले देश र जनताको लागि हासी हाँसी प्राणोत्सर्ग गर्ने दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगाएत वीर योद्धाहरू वास्तविक शहीद मान्नुपर्ने विचारसमेत स्रष्टाहरूले व्यक्त गरेका थिए ।

    महाकवि देवकोटा माविका शिक्षक श्री रुक्माङ्गद बस्यालको स्वागत मन्तव्यबाट आरम्भ भएको उक्त कार्यक्रममा स्रष्टाहरूले मुक्तक,गीत, गजल, कविताबाट शहीदहरूलाई स्मरण गरेका थिए ।

    अतिथि वक्ता प्राध्यापक हुमकान्त पाण्डेयले शहीदको प्रसङ्ग जोड्दै मानिसको जीवनमा काव्यसाहित्यको प्रभावलाई निकै आकर्षकरूपमा व्यक्त गर्नु भएको थियो। अतिथि वक्ता डा. घनश्याम न्यौपाने परिश्रमीले स्वतन्त्रता प्राप्तिमा शहीदहरूको योगदानमाथि प्रकाश पार्नु भएको थियो।कार्यक्रममा तिलक भट्टराई ‘अन्जान’ पुराण गुरुङ, विश्वजित गुप्ता, प्रदीप भट्टराई, तुल्सीराम पाण्डेय, कला बस्याल, दीपा थापा, शङ्कर अर्याल, कृष्ण थापा, डी.बी. कार्कीलगायत दर्जन बढी स्रष्टाहरूले आआफ्ना रचना वाचन गर्नु भएको थियो।

    विद्यालयका प्रधानाध्यापक श्री खेमलाल शर्माले आमन्त्रित सम्पूर्ण महानुभावप्रति धन्यवाद ज्ञापन गर्नुभयो । साहित्य परिषद् नवलपरासीका उपाध्यक्ष शेरी भविश्वर पराजुलीको उद्घोषणमा कार्यक्रम सञ्चालन भएको थियो ।

    Post Views: 140

    प्रकाशित मिति: २०८० माघ १६, मंगलवार १६:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न
    दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता
    भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न
    ताजा अपडेट
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ४. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • ५. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    चर्चित
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.