३ कार्तिक २०८३, सोमवार

नेपाली समाजका शिप र कलालाई ब्यावसायिक बनाउछौ : राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी


काठमाण्डौ, माघ १९ / संस्कृति, पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले नेपाली समाजका शिप, कला र परम्परागत ज्ञानलाई उत्पादन मुलक काम मार्फ़त ब्यावसायिकता प्रदान गर्ने तयारीमा मन्त्रालय लागेको बताएकि छन् ।

शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले अयोजना गरेको दलित समुदायको ऐतिहासिक कला, संस्कृति, ज्ञान, सीपको जर्गेना र आधुनिक सीपशाला निर्माण तथा सीपको संथागत विकास सम्बन्धमा राज्यको भुमिका विषयक कार्यशाला गोष्ठमा बोल्दै मन्त्री सिर्पालीले निती परिर्तन गरेर भए पनि ब्यावसायिकता तर्फ लैजाने कुरा बताएकी हून ।

संविधानमा उत्पडित वर्गको मुक्ति र विभेद रहितको विषय आए पनि शिप र कलाको प्रवर्धनमा राज्यमा ऐन र कानुनको रिक्तता पुरा गर्ने तयारीमा मन्त्रालयले संस्कृति ऐन बनाउन लागेको बताउनु भएको छ । मूख्य रुपमा दलित समुदायको आर्थिक स्तर नउठदा सम्म दलितका शिप र कलाहरुको ब्यावसायीकरण हुने नसक्ने बताएकी छन् ।
गोष्ठीमा प्रा. डाक्टर विद्यानाथ कोईराला, प्राध्यापक ईश्वर चन्द्र ज्ञवाली र अधिवक्ता मोती नेपालीले कार्यपत्र पेश गर्नु भएका थिए भने तीन वटै कार्यपत्रमा डा. गोविन्द नेपालीले टिप्पणी गरेका थिए।
गोष्ठीमा बोल्ने बक्ताहरुले मूलुकमा संघियता ल्याएको १५ वर्ष विती सक्दा पनि दलित समुदाय माथि हुने विभेद कम नभएको भन्दै राज्यले यो विषयलाई गम्भिर प्राथमिकता साथ लिनु पर्नेमा जोड दिएका छन ।

संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको संस्कृति महाशाखाका प्रमुख डा.सुरस सरस श्रेष्ठले अध्यक्षता गरेको उक्त कार्यक्रममा राष्टिय योजना आयोगका सदस्य डा.रामकुमार फुईयाल, पुर्वमन्त्री दलजित सिर्पाली, राष्टिय दलित आयोगका अध्यक्ष लगाएतको उपस्थितीले कार्यक्रम शोभायमान भएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार