५ कार्तिक २०८३, बुधबार

पोखराथोक साहित्य सङ्गमद्धारा ६ साहित्यकारलाई सम्मान


१७ मंसिर
पोखराथोक साहित्य सङ्गम पाल्पाले ६ जना साहित्यकारहरुलाई सम्मान गरेको छ । शनिवार २४ औ वार्षिक साधारणसभा तथा वाटिका साहित्यिक पत्रिकाको २२ औ अंक विमोचन, स्रष्टा सम्मान एवं पुरस्कार वितरणको कार्यक्रममा साहित्यकारहरुलाई सम्मान गरीएको हो ।

कार्यक्रममा पोखराथोक साहित्य सङ्गमबाट हरिप्रसाद भट्टराई, यादवनाथ कोइराला स्मृतिकोषबाट शारदा खनाल, भाष्कर शान्ति नेपाल साहित्य सम्मानबाट धातानन्द शर्मा गैरे, पवित्रा ढकाल स्मृतिकोषबाट मधु नेपाल, कृष्ण पहारी स्मृतिकोषबाट छवि ज्ञवाली र राधा ,बद्री अम्बिका स्मृति साहित्य सम्मानबाट रोहितप्रसाद ज्ञवाली सम्मानित हुनुभएको छ ।

पोखराथोक साहित्य सङ्गमका अध्यक्ष गोविन्द खनालको अध्यक्षता तथा नवलपरासी साहित्य समाजका अध्यक्ष डा. श्याम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जानका नेपाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने डा. टंक पन्थले कार्यक्रमको समिक्षा गर्नुभएको थियो । यस्तै कार्यक्रमको संचालन विष्णु पहारीले गर्नुभएको थियो ।

सोही अवसरमा साहित्यकारहरू कपिल गौतम, शारदा खनाल र नेत्रप्रसाद न्यौपानेले आजीवन सदस्यता प्राप्त गर्नुभएको छ । यस्तै कार्यक्रममा कविता प्रतियोगितामा प्रथम ,द्वितीय, र तृतीय हुने विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार