• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवल नगरपालिकाद्धारा पहिलो पटक ल्याव सेवा सुरु

  •  
  • २०८० मंसिर १८, सोमबार १८:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुजा लम्साल, सुनवल ।
    नगरवासीलाई सामान्य स्वास्थ्य प्रयोगशाला (ल्याव)को सेवा लिन महंगो निजी मेडिकल क्लिनिक तथा सुनवल वाहिर जानु पर्ने वाध्यताको अन्त्य गर्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नगर मै पहिलो पटक प्रयोगशाला (ल्याव) सेवा सञ्चालन सुरु गरेको छ । सुनवल १ स्थित शहरी स्वास्थ्य सेवा केन्द्रमा नगरमै पहिलो पटक प्रयोगशाला (ल्याव) को आज सोमवार उद्घाटन गरिएको छ ।

    यसअघि ल्याब सेवा लिन सुनवलका स्थानिय परासी, देवदह, वुटवल जानु पर्ने वा महंगो शुल्क तिरी निजी स्वास्थ्य संस्था जानुपर्ने वाध्यता थियो । बाहिर भन्दा करिब ५० प्रतिशत भन्दा कम शुल्कमा प्रयोगशालाबाट रगत, पिसाब, खकार, दिशा जाँचसंग सम्बन्धित ३२ प्रकारका परिक्षण सेवा प्रदान गरिने छ । यसवाट नगरवासी लाभान्वित हुने नगरपालिकाले अपेक्षा गरेको छ ।

    प्रयोगशालाको उद्दघाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले नगरवासीको सहजता र सेवाको लागि सञ्चालन गरीएको ल्याब सेवाले नगर कै स्वास्थ्य क्षेत्रमा एक खुड्किलो उचाई बृद्धि हुने र नगरवासी यसवबाट लाभान्वित हुने बताउनुभयो । उहाले जिल्लाका अन्य स्थानीय पालिकाहरुसँगै सुनवल नगरपालिका स्वास्थ्य क्षेत्रमा लगानी गरी अगाडि बढेको र सेवालाई निरन्तरता एव्ां विस्तार गर्नुपर्ने बताउनुभयो ।

    सो अवसरमा नेकपा एमालेका नगर अध्यक्ष दुर्गा सुवेदी, प्रमूख प्रशासकीय अधिकृत चेतनाथ गिरीले प्रयोगशालामा आगामी दिनमा सेवा बृद्धि गर्दै आवश्यक थप उपकरण ल्याउनुपर्ने बताउनुभयो।

    कार्यक्रममा नगर प्रमुख विमला अर्यालले नगरवासीको स्वास्थ्यमा पहुंच पुर्याउने उदेश्यले रोगको पहिचान गर्न सहयोग स्वरुप ल्याव संचालन गरीएको बताउनुभयो । आगामी दिनमा डाक्टर सहितको सेवा दिने गरी आफुहरु अगाडि बढेको उहाको भनाई छ । आर्थिक अवस्था कमजोर भएका विपन्नका लागि वडाको शिफारिसमा सेवा प्रदान गर्ने नगर प्रमुख अर्यालले बताउनुभयो । विपन्न संगै अपाङ्ग,अशक्त, गर्भवति महिला, सुत्केरी तथा जेष्ठ नागरीकका लागि निशुल्क सेवा प्रदान गरिने छ ।

    यस्तै आगामी दिनमा सुनवल वडा नं १२ मा पनि ल्याव सेवा सुरु गर्ने सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

    प्रयोगशालामा परीक्षणका लागि आवश्यक उपकरणहरू फेएरमेड, इन्द्रेणी सामाजिक विकास मञ्चले सहयोग गरेका हुन् । प्रयोगशालामा दुई जना ल्याव असिस्टेन्ट जनशक्तिले सेवा दिने छन् ।

    Post Views: 259

    प्रकाशित मिति: २०८० मंसिर १८, सोमबार १८:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.