• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

फेकोफन नवलपरासीद्धारा सुनवलमा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

  •  
  • २०८० मंसिर १९, मंगलवार १८:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+


    पुजा लम्साल,सुनवल । सामुदायीक वनहरुले पनि सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । ३२ औं अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ (फेकोफन) नवलपरासीको आयोजनामा सुनवल ३ नदुवा नवलरासीमा सम्पन्न लैङ्गिक हिंसा सचेतनामुलक कार्यक्रममा सामुदायिक वनहरुले तिनै तहका सरकार तथा विभिन्न संघसंस्थाहरुको सहकार्यमा कार्यक्रम सन्चालन गरी सुढृढ समाज निर्माण गर्नु पर्नेमा सहभागिहरुले जोड दिएका हुन् ।

    कार्यक्रममा सामुदायिक वन महासंघका केन्द्रिय सदस्य कमल परियारले धेरै जसो हिंसा हिंसा हो भनि बुझ्न नसकेका कारण हुने भएकाले सामाजिक,राजनैतिक तथा आर्थिक सवै क्षेत्रमा महिलाको संख्यात्मक र व्यवहारिक सहभागीता वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । कागजी रूपान्तरण भन्दा पनि व्यवहारिक परिवर्तनको आवश्यकता रहेको फेकोफन केन्द्रिय सदस्य परियारको भनाई छ ।

    यस्तै विपद व्यवस्थापक संयोजक एवं सुनवल वडा नं ६ का वडा अध्यक्ष दिलीप चापागाईले महिलाको नेतृत्व विकास र क्षमता विकासका लागि अगाडि बढाउनुपर्ने बताउनुभयो । हिँसालाई विश्लेषण गर्ने र समस्या समाधान गरी सामाजिक रूपान्तरण गर्नुपर्नेमा उहाको जोड थियो । यस्तै सामाजिक बिकास समिति संयोजक भगवती बस्यालले महिला सचेत, शसक्त र जागरुग हुनु आजको आवश्यकता भएको बताउनुभयो ।


    कार्यक्रममा प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) केन्द्रिय सदस्य टीचन गुरुङले महिला शिक्षित भएमा मात्र पनि ८० प्रतिशत घरेलु हिंसा न्यूनीकरण हुने भएकाले हिंसा न्युनिकरणका लागि सर्वप्रथम घर बाटै जिम्मेवार हुन आग्रह गर्नुभयो । सोही अवसरमा फेकोफन प्रदेश सदस्य कमला थापा, सुनवल नगर महासंघका अध्यक्ष कर्ण बहादुर शेन, नेपाली कांगे्रसबाट शिवानी घिमिरे, राप्रपाबाट दिलकुमारी बुढा, नेकपा माओवादीबाट मिना ढकाल लगायतले पनि स्थानीय सामुदायिक वनहरुले सरकार तथा विभिन्न संघसंस्थाहरुको सहकार्यमा उद्यमशिलता,पर्यापर्यटन,आर्थिक विकास जस्ता विकासशिल कार्यक्रम सन्चालन गर्न सुझाव दिनुभएको थियो ।

    सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ नवलपरासीकी अध्यक्ष शारदा पोखरेलले घरको व्यवस्थापन गरेर पनि सामाजिक विकासका काममा सक्रिय हुन सकिने भन्दै जून क्षेत्रबाट भए पनि सशक्त रूपमा अगाडि बढ्न सहभागिहरुलाई आग्रह गर्नुभयो । घर बाटै हिँसा गर्न छोड्नु पर्ने उहाको जोड थियो ।

    संस्थाका उपाध्यक्ष दिलकराज डुमे्रको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव खेमराज सापकोटाले गर्नुभएको थियो ।

    Post Views: 187

    प्रकाशित मिति: २०८० मंसिर १९, मंगलवार १८:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा
    ताजा अपडेट
    • १. सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

    • २. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • ३. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • ४. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ५. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    चर्चित
    • १. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • २. सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.