असोज १३। धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्लेखोलामा गएको पहिरोमा परेकामध्ये ३५ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकी शव आइतबार फेला परेको हो ।

नागढुंगाका डीएसपी सूर्य सुवेदीका अनुसार बस र हायस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ । गोरखाबाट काठमाडौंका लागि छुटेको बससहित केही साना गाडी पनि पुरिएको आशंका प्रहरीले गरेको छ ।



