काठमाडौं । नेपालबाट पहिलोपटक तेस्रो देश बिजुली निर्यात गरिएको छ । यसअघि भारतमा मात्रै भइरहेको निर्यात बंगलादेशसम्म पुगेको हो ।

नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको भर्चुअल उपस्थितिमा विद्युत् निर्यात भएको हो । नेपालले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेको हो ।
भारतको मनोहर लाल खाट्टर, बंगलादेशका मोहमद फौजुल कवीर खान र नेपालका तर्फबाट दीपक खड्काले भर्चुअल रूपमा निर्यातको सुरुआत गर्नुभयो ।
नेपालले भारतीय ग्रिडको प्रयोग गरी यो वर्ष आज ४० मेगावाट विद्युत् पठाएको हो । नेपाल र बंगलादेशबीच जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता छ ।
प्रतियुनिट ६.४० सेन्ट अमेरिकी डलरमा ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गरिएको हो । यसवर्ष आज राति १२ बजेसम्म गरिने नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।


