७ कार्तिक २०८३, शुक्रबार

बर्दघाट-चिसापानी स्थित बहुत-चर्चित जग्गा तिमिल्सेना ट्रेडर्स प्रालिलाई हस्तान्तरण गर्न नगरलाई पत्राचार

बर्दघाट/ मंसिर-३

नवलपरासी/बर्दघाट-२,चिसापानी स्थित राजमार्गमा जोडिएको बहुत-चर्चित मूल्यवान जग्गा तिमिल्सेना ट्रेडर्स प्रालिलाई हस्तान्तरण गर्न राष्ट्रीय आवास कंपनीले बर्दघाट नगरपालिका लाई पत्राचार गरेको छ । 

राष्ट्रीय आवास कंपनी, योजना कार्यालय,बर्दघाटले गत्त ०८१ असार २५ गते नै सम्मानित सर्बोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै फैसलामा भएको आदेश बमोज़िम जग्गा नामसारी गरी हक हस्तान्तरणमां आवश्यक सहजीकरण गरिदिन भनी बर्दघाट नगरपालिका नाउमा पत्राचार गरेको हो ।

राष्ट्रीय आवास कंपनी,योजना कार्यालय बर्दघाटद्वारा बर्दघाट नगरपालिका कार्यालयलाई लेखिएको पत्र मा भनिएको छ “ परमादेश अनुसार टेण्डरमा ब्यवस्था गरे बमोज़िम बाटो, खुला क्षेत्र , कित्ताको रेखांकन आदि गरी टेण्डर अनुसारको जग्गा नामसारी प्रक्रियाको लागि सहजीकरणको लागि हार्दिक अनुरोध गारिंन्छ “ । 

“राष्ट्रीय आवास कंपनी लिमिटेडको केन्द्रीय कार्यालयमा टेण्डर अनुसारको बाटो, खुला क्षेत्र , कित्ताको रेखांकन गरी नामसारी कार्यान्वयनको लागी सम्बंधित निकायहरूले बारम्बार ताकेता गरेको हुनाले यथाशीघ्र सम्मानित सर्बोच्च अदालतको परमादेश कार्यान्वयनको सहयोग गरिदिनुहुन अनुरोध गारिंन्छ “ पत्रको अन्त्यमा लेखीएको छ । 

बर्दघाट नगरपालिकाले चिसापनीको उक्त राष्ट्रीय आवास कंपनीका नाउमां पुर्जा कायम रहेको बिवादित जग्गा २-ग कि न १३१० को कुल क्षेत्रफल ८ बिगाह २ कट्ठा १२ धुर मध्ये ट्रमा सेंटर निर्माणका लागि राष्ट्रीय आवास कंपनी संग लिज-समझौता गरि भवनको शिलान्यास समेत गरेको छ ।

स्थानीय जनताले भने उक्त मूल्यवान जग्गा सरकारले ग्रिन बेल्टका रूपमा छुट्ट्याएकोले व्यक्ति वा कंपनीको नभई सार्वजनिक हितमा उपयोग हुनु पर्ने भन्दै बर्षौ देखि संघर्ष समिति गठन गरि विरोध गर्दै आएका छन ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार