• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

रेडियो सुनवलको साधारण सभा सम्पन्न, आकस्मिक रूपमा नया कार्यसमिति चयन

  •  संवाददाता
  • २०८१ पुष २७, शनिबार १६:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । पाैष २७

    रेडियो सुनवलको आज सम्पन्न साधारण सभाले आकस्मीक अधिवेशन गर्दै नयाँ कार्यसमिति चयन गरेको छ ।
    पाल्ही सुचना तथा संचार सहकारी संस्था लिमिटेड सुनवलद्धारा संचालित रेडियो सुनवलको सनिवार सम्पन्न साधारण सभाको अध्यक्षता रेडियो सुनवल संचालक समितिका उपाध्यक्षले गरेका थिए । अध्यक्ष अर्जुन कुमार पोखरेलको राजिनामा आएको जनाउदैै सभामा सचिव ईश्वरी भन्डारीले अध्यक्षको राजीनामा पत्र वाचन गरेका थिए ।
    सुनवल स्थीत माई च्वाईस रातो भाले रेष्टुरेन्टमा सम्पन्न १३औं साधारण सभामा कोषाध्यक्षद्धारा वाचन गरिएको प्रतिवेदनमा रेडियो सुनवलले यस वर्ष ४ लाख २८ हजार ८ सय सत्र मात्र घाटा वेहोरेको उल्लेख गरिएको छ ।

    सर्वसम्मत रुपमा चयन भएकाे रेडियोको नयाँ कार्यसमितिको अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरुमा क्रमशः ईश्वरी भण्डारी, हरि प्रसाद न्यौपाने, गंगा चापागाई, तेजवहादुर सोमरे, गिता पाण्डे न्यौपाने, पिताम्वर पाण्डे, छविलाल अर्याल, हरि शर्मा र नवदत्त ढकाल चयन भएका छन ।
    साथै लेखा समितिको संयोजक र सदस्यहरुमा क्रमशः कृष्ण पौडेल, पार्वती रानाभाट गैह्रे र प्रेम विष्ट सर्वसम्मत चयन भएका छन ।
    प्रमुख अतिथीका रुपमा उपस्थीत नगर उपप्रमुख सुर्य प्रसाद दुवेले सभामा धारणा राख्दै नगर सरकारले नागरिकबाट कति कर संकलन गर्यो र सोको उपयोग कुन कुन क्षेत्रमा गरियो भन्ने प्रश्न आफुलाई गरिएकोमा खुसी व्यक्त गर्दै सोको जवाफमा नगरपालिकाले विधि सम्मत तरिकाले कर संकलन गरेको र प्राथमिकतामा वजेट विनियोजन गरि कार्यान्वयन गर्ने गरिएको वताउदै गत वर्ष नगपालीकाले कुल ९७ प्रतिसत वजेट खर्च गरि कार्यसम्पादन मापनमा उच्च स्थान प्राप्त गर्न सफल भएको वताए ।

    उपप्रमुख दुवेले कार्यसमिति नव निर्वाचित सदस्य हरि शर्माले नगरपालिका कर्मचारीहरुले विज्ञापन तथा सूचना प्रकासन गर्ने कार्यमा ४० प्रतीसत सम्म कमिसन खाइरहेकोमा जनप्रतिनिधिले ध्यान पु्रयाउन नसकेको भन्दै लगाएको आरोपको खण्डन गर्दै दुवेले उक्त कमिसनको कुरा उजागर गर्न र मिलेमतो नगर्न पत्रकारहरुलाई आग्रह गरे । उपप्रमुख दुवेले चुनौतिपूर्ण अवस्थामा संचालन भईरहेको सुनवल रेडियोको स्थायीत्वका निम्ती चिनीमिलका प्रयोग विहिन संरचनालाई उपभोग गर्न नगरपालिकावाट आवश्यक सहजीकरणा र पहल गर्न सकिने धारणा राखेका थिए ।
    कार्यक्रममा पत्रकार महासघका पूर्व अध्यक्ष एवं रेडियोका नवनिर्वाचीत कार्यसमिति सदस्य हरि शर्माले आफुले परासीपत्र पत्रिका घाटामा प्रकासन गरिरहेको वताउदै व्यापारीक विज्ञापन आउन छोडेकोले स्थानीय सरकारले मिडियालाई सहयोग गर्नु पर्ने धारणा राखे ।


    जिल्ला सहकारी संघका अध्यक्ष एवं रेडियो सुनवलका संस्थापक अध्यक्ष विष्णु प्रसाद पौडेलले स्थानीय सरकारले रातो कितावमा संचारक्षेत्रको निम्ती विनियोजीत गरेको वजेट काहा जान्छ भन्दै नगरले रेडियोको स्थायीत्वका निम्ती भवन सहित आवश्यक आर्थिक सहयोग गर्नु पर्ने धारणा व्यक्त गरे । कार्यक्रममा वडाध्यक्ष मान वहादुर थापा झोर्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    सभामा पेश गरिएको प्रतिवेदनमा रेडियोले हाल उत्पादन र प्रसारण गरीरहेको कार्यक्रमको तालिका तथा कर्मचारीको ब्रिस्त्रित बिवरण समेत नराखी एकमुष्ट खर्च मात्र उल्लेख गरिएकोमा शेयर सदस्यले प्रश्न गरेका थिए ।

    २०६८ सालमा स्थापना भएको रेडियो प्रत्येक वर्ष घाटा वढ्दै गएको प्रतिवेदन सुन्दा शेयर सदस्यहरु निराश भएको अवस्थामा हाल चयन भएको नया कार्यसमितिमा स्थापनाकालमा स्टेशन म्यानेजर रहि हाल नेपाल पत्रकार महासघका नि.वर्तमान अध्यक्ष समेत रहेका हरि शर्मा समेत नया कार्यसमितिको सदस्य चयन भएकोमा अव रेडियोले आर्थिक स्थायीत्व र समुदाय र जनमानसमा नया कार्यक्रम पस्कदै रेडियोको गरिमा फर्काउने दिशामा अघि वढ्ने आशा रेडियाेका शेयरधनीहरुले गरेका छन ।

     

    Post Views: 391

    प्रकाशित मिति: २०८१ पुष २७, शनिबार १६:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.