७ कार्तिक २०८३, शुक्रबार

शिक्षिकाको कुटाइबाट प्रतापपुरमा विद्यार्थीको आखाँ फुट्यो,शिक्षिका सम्पर्कविहीन


पौष २८ । शिक्षिकाको कुटाइबाट पश्चिम नवलपरासीको प्रतापपुरमा एक विद्यार्थीको आँखा फुटेको छ। उक्त स्थानमा रहेको एच पाठशालामा यूकेजीमा अध्ययनरत विद्यार्थी ६ वर्षीय प्रशान्त चौधरीलाई शिक्षिका सन्जु चौधरीले लठ्ठीले हान्दा बालक चौधरीको बायाँ आँखा फुटेको हो।

कक्षामा दुई विद्यार्थी बीचको झगडा छुट्याउने क्रममा शिक्षिका चौधरीले प्लास्टिकको लठ्ठीले चौधरीलाई हिर्काएकी थिइन्। त्यस क्रममा उनको आँखामा चोट लागेको विद्यालयका प्रिन्सिपल सुजितकुमार गुप्ताको भनाइ छ।

घटना गत मंसिर १८ गते भए पनि त्यसबारे प्रहरीमा ढिलो गरी उजुरी परेको हो। उजुरी परेपछि पुष १९ गते प्रहरीले शिक्षिकाविरुद्ध अदालतबाट पक्राउको अनुमति लिएको थियो।

ती शिक्षिका सम्पर्कविहीन रहेको र उनको खोजी भइरहेको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले बताउनुभएको छ ।

घटनापछि विद्यालयका शिक्षक, कर्मचारीले प्रशान्तलाई उपचारका लागि गोपीगञ्ज बजार लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि अभिभावकले परासी, रणअम्बिका आँखा अस्पताल भैरहवा हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पताल पुर्याएका थिए।

त्यहाँका चिकित्सकले जाँचपछि बालकको नानी फुटेकाले आँखा देख्न नसक्ने बताएको प्रशान्तका बुवा नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । शल्यक्रिया गरी प्रारम्भिक उपचार भएको उल्लेख गर्दै उहाले रगत जमेकाले अझै दुई पटक शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार