लुम्बिनी । लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री एवम् नेकपा एमाले पार्टी का महासचिवमा शंकर पोखरेल र नेपाल जनता पार्टीका राष्ट्रिय प्रबक्ता पुनित कुमार पाठक बीच शिष्ट भेटवार्ता भएको छ ।

भेटघाटमा वर्तमान को राजनीति अवस्थाको बारेमा , समसामयिक विषयमा र हिन्दुराष्ट्र को पुनर्स्थापना का बिषय लिएर छलफल र महासचिव यस विषयमा सकारात्मक रहनु भएको कुरा नेजपा का राष्ट्रिय प्रबक्ता पुनित कुमार पाठकले बताए ।
आसन्न मंसीर ४ गते तोकिएको संघीय र प्रदेश सभा को चुनावमा नेकपा एमाले पार्टी र नेपाल जनता पार्टी बीच चुनावी तालमेल हुन सक्ने सम्भावना बढी रहेको कुरा नेजपा का राष्ट्रिय प्रबक्ता पाठकले जानकारी दिनु भयो ।


