बर्दघाट/जेष्ठ १७
नवलपरासी/ बर्दघाटमा नेपाली काङ्ग्रेस र नेकपा एमालेका राजनीतिकर्मीहरु राजनीति आडमा नदीजन्य पदार्थको अबैध धन्दामा संलग्न भएको पाईएको छ ।
बर्दघाट नगरपालिकामा नदि जन्य पदार्थको अबैध भण्डार (डम्पिङ) गरेर राखेको अवस्थामा नगरले जफत गरेको हो ।
बर्दघाट नगरपालिका ५ र १६ को सिमानामा रहेको खजुरी खोलाबाट अबैध रुपमा चोरी गरी ठाउ“ ठाउ“मा डम्पिङ्गगरी राखेको मिस्कट तथा बालुवा नगरपालिकाले जफत गरेको छ । बुधवार विहान नगर प्रहरी, नेपाल प्रहरी, शसस्त्रप्रहरी र नगरका कर्मचारीहरु सहितको टोलीले डम्पिङ्ग गरी राखेका स्थानमा पुगेर स्टक नापजाँच गर्ने काम गरेको छ ।
बुधवार नगरको टोलीले बर्दघाट नगरपालिका वडा नं १४ धर्मवस्तीमा रहेको, सिंह ईन्टर प्राइजेजको ८४ टेक्टर जफतगरेको छ । जसका सञ्चालक टोप बहादुर सिह रहेका छन । सिह तत्कालीन जिल्ला बिकास समिति का इलाक़ा सदस्य समेत हुन । बिगतमा नेकपा एमाल सकृय उनी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेका छन ।
लालचन्द्र सप्लार्यसको ७ टेक्टर, खत्री सप्लार्यसको २४ टेक्टर जफत गरिएको छ । खत्री सप्लार्यस नेकपा एमालेकानगर अध्यक्ष केशव खत्रीले सञ्चालन गरेका छ । उनी संचालन गरेको सप्लायर्सले बिगत देखी नै चोरी निकासी गर्दैआइरहेको स्रोतको दाबी छ । नेपाली काङ्ग्रेसका नगर सभापति दामोदर जि.सी.ले संचालन गरेको जि.सी. हाडवेर्यरबाट ४ टेक्टर मिस्कट जफत भएको छ । स्रोतका अनुसार नगर सभापति जि.सी. को पसल हाल उनीकाभाइहरुले गरीरहेको स्रोतको दाबी छ ।
यसै गरि ईमान्दार ब्लक उद्योगमा १८ टेक्टर, खजुरी खोला किनारमा वेवारीसे रुपमा रहेको १० टेक्टर बालुवा समेत सफतगरीएको नगरपालिकाले जमाएको छ ।
बुधबार बर्दघाट नगरपालिकाले १ सय ४७ टेक्टर मिस्कट तथा बालुवा स्टक नापजाँच गरीएको नगरपालिकाका सब इन्जिनियर मनोज श्रेष्ठले जानकारी दिनु भयो । नगरपालिकाको टोलीले सिहको स्टक नापजाँच गरेर खाना खान आएका वेलासिहले गरेको अबैध डम्पिङ्गबाट नदिजन्य पदार्थ अन्यत्र पठाउने गरेका छन । सिहले राजनीतिक आडमा अवैध नदीजन्य क्रियाकलाप संचालन गरि नगरलाई नै चुनौती दिएको देखीएको छ । नगरले नापजाँच गरेको सामाग्री जेसीबी मेसिनको नम्वर प्लेट नै हटाएर टेक्टरमा मिस्कट लोड गरि अन्यत्र लैजादै गर्दा एउटा टेक्टर र जेसिबिलाई नगर प्रहरीलेनियन्त्रणमा लिएको छ ।
नारायण सुबेदी
सुनवल / जेठ १४
अस्नैया आदर्श क्याम्पस सुनवल ७को व्यवस्थापन समितिको पदस्थापन कार्यक्रम् एक समारोहका बिच सम्पन्न भएको छ ।
क्याम्पस प्रांगणमा सम्पन्न पदस्थापन कार्यक्रममा संचालक...
मजदुर समाजका वास्तवीक गहना हुन ।
समाज गतिशिलतामा महत्वपूर्ण योगदान दिने मजदुरका सन्ततीहरुलाई निशुल्क पोशाक वितरण गरिएको छ ।
नेपाल टेडयुनियन काग्रेसद्धारा नवलपरासी/प्रतापपुरको भिट्ठामा संचालन...
नवलपरासीको प्रतापपुरका स्थानिय युवाहरु न्याय नपाएको भन्दै विरोध कार्यक्रम गरेका छन ।
स्थानिय गरिब यूवा समाजले प्रतापपुर- ७ का हिरा गुप्तालाई प्रहरीले बिनाकारण ईलाका प्रहरीकार्यालय, बेलाटारी लगेर थुनेको भन्दै सनिवार गुठि सूर्यपुरा चोकमा विरोध कार्यक्रमको आयोजना गरेका छन । स्थानीय हिरा गुप्ताले आफुलाई प्रहरीले बिना कसूर अपराधी जस्तो गरि रातिमा घरमाबाट पिट्दै लगेको बताए। उनले आफन्तलाई प्रतापपुरगाँऊपालिकाले संचालन गरेको एम्बुलेन्समा घर देखि गोपिगञ्जसम्म लैजाने क्रममा सेवा शुल्क लिएको तर पालिकाद्वारा निःशुल्क सेवा दिईरहेको सुनेको हुदा आफूले रसिद माग्दा नपाएको र उक्त विषय आफुले फेसबुक पोस्टमा राखेको र यही विषयलाई लिएर आफुलाई प्रहरीले गिरफ्तार गरि एकरात चौकीमा राखेको बताएका छन ।
उता जिल्ला प्रहरी कार्यालयले भने हिराले प्रहरीमाथी मापसे गरि अभद्र व्यवहार गरेको र फेसबुक स्टाटसका कारण गुठीप्रसौनी स्वास्थ्य चौकीले आफ्नो संस्थाको मानमर्दन भएको भन्दै उजुरी गरेका कारण फेसबुक स्टाटस हटाऊन निजलाई आग्रह मात्र गरिएको जानकारी आएको र थुनामा...
सुनवल/फागुन २४
शैक्षिक क्षेत्रमा नवलपरासीको प्रतिष्ठीत साकुरा मेमोरियल वोडिगं इगंलिस सेकेण्डरी स्कुलको पाचौं फुड फेस्टीबल तथा विविध पुस्तक प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय...
सुनवल/नेपाली काग्रेस र माओवादि केन्द्रका वडाअध्यक्षदद्वारा सुनवल नगरपाकिाको कार्यपालिका वैठक वहिस्कार गरेका छन।
सुनवल नगरपालिकाको १५ दिन अधि सम्पन्न चौधौ नगरसभामा नगरशिक्षा ऐन २०७८ संशोधनको...
सुनवल/ लुम्बिनी मा. वि. सुनवल सोमनाथले ३१ औं वार्षिकोत्सव एवं अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रम सहित भव्यरूपमा मनाएको छ।
वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश...
भुमही, माघ १३साहित्य परिषद्, नवलपरासीले ७० औँ मासिक साहित्यिक घुम्ती शृङ्खला भव्य रूपमा सम्पन्न गरेको छ । सुनवल १३ स्थित मोतीलाल बहुमुखी क्याम्पसको प्राङ्गणमा...
परासी /नवलपरासी/ रामग्राम नगरपालिका क्षेत्रमा क़ानून विपरीत सञ्चालित औषधि पसल र प्रयोगशालामा सिल गरिएको छ ।
रामग्राम नगरपालिका स्तरीय अनुगमन समितिले बुधबार नगरभित्र रहेका औषधि पसल...