काठमाडौँ, इनफर्मेटिक्स कन्सल्टेन्सी प्रा.लि. तथा न्यूजील्याण्ड इमिग्रेशन एडभाइजरहरूको संयुक्त आयोजनामा काठमाडौँको पुतलीसडकस्थित गोविन्द भवनमा रहेको इनफर्मेटिक्सको कार्यालय परिसरमा दुई दिने न्यूजील्याण्ड मेगा इभेन्ट भव्य रूपमा सम्पन्न भएको छ।

इभेन्टमा पाँचजना लाइसेन्स प्राप्त इमिग्रेशन एडभाइजरहरू (Himanshu Rai, Vandana Rai, Yinxuan Xu, Tanuva Majumdar, Kaetki Rai Bhatnagar) ले प्रत्यक्ष उपस्थित भई विद्यार्थीहरूलाई अध्ययन र भिसासम्बन्धी परामर्श प्रदान गरेका थिए।
कार्यक्रममा University of Auckland, Victoria University of Wellington, University of Otago, University of Waikato, Lincoln University, Massey University लगायत न्यूजील्याण्डका २५ भन्दा बढी विश्वविद्यालय तथा इन्स्टिच्युटहरू सहभागी थिए। विद्यार्थीहरूलाई स्कलरशिप, कोर्स छनोट, आवेदन प्रक्रिया, भिसा तयारी, तथा भविष्यका करियर अवसरहरूबारे प्रत्यक्ष जानकारी दिइयो।
इनफर्मेटिक्सका निर्देशक श्री ज्ञानेन्द्र मान जोशीले कार्यक्रमको सफल आयोजनामा साथ दिने सम्पूर्ण विश्वविद्यालय प्रतिनिधिहरू, इमिग्रेशन एडभाइजरहरू, विद्यार्थी, अभिभावक र सञ्चारकर्मीहरूलाई धन्यवाद दिंदै भने, “विदेशमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई सही जानकारी र व्यावसायिक सेवा पुर्याउनु हाम्रो मुख्य उद्देश्य हो। यस किसिमका इभेन्टहरूले नेपाल र न्यूजील्याण्डबीचको शैक्षिक सम्बन्धलाई अझ बलियो बनाउनेछन्।”
कार्यक्रममा सयौं विद्यार्थीहरूको उपस्थिति रहेको थियो र सहभागीहरूले अत्यन्त सकारात्मक प्रतिक्रिया जनाएका थिए।
![]()

