१ कार्तिक २०८३, शनिबार

Access Education Network र Dolphin Education द्वारा आयोजित न्यूजिल्याण्ड एजुकेशन फेयर सफलता पूर्वक सम्पन्न

काठमाडौं , Access Education Network र Dolphin Education को संयुक्त आयोजनामा सम्पन्न New Zealand Education Fair ले नेपाली विद्यार्थीहरूलाई न्यूजिल्याण्डमा उच्च शिक्षा अध्ययनको अवसरबारे विस्तृत जानकारी प्रदान गर्ने सशक्त प्लेटफर्मको रूपमा काम गर्‍यो। कार्यक्रममा ९ प्रतिष्ठित न्यूजिल्याण्डका शिक्षण संस्था र विश्वविद्यालयहरूको सहभागिता रहेको थियो भने करिब ४०० विद्यार्थीहरूले मेला भ्रमण गरी परामर्श लिएका थिए।

NMIT, SIT New Zealand, Unitec Institute of Technology, Wintec, Whitireia New Zealand, WelTec, TOI-OHOMAI, EIT New Zealand, Manukau Institute of Technology र ARA जस्ता संस्थाहरूले विद्यार्थीहरूलाई पाठ्यक्रम, शुल्क संरचना, छात्रवृत्ति र भिसा प्रक्रिया सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराएका थिए।

मेला विद्यार्थीहरूका लागि जानकारीमूलक तथा समाधानमुखी बन्यो, जहाँ धेरै विद्यार्थीहरूले आफ्नो शैक्षिक योजना प्रष्ट रूपमा बुझ्न सके। सहभागी विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै व्यक्तिगत मार्गदर्शन पनि प्रदान गरे।

Access Education Network र Dolphin Education दुबैले कार्यक्रममा देखिएको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियाबाट निकै सन्तुष्ट रहेको जनाउँदै आगामी दिनहरूमा पनि यस्ता उपयोगी तथा जानकारीमूलक कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार