• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवल नगर र उद्योगको सहकार्यमा महिलाहरूलाई रोजगारी

  •  
  • २०७९ पुष २६, मंगलवार १२:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले निजी क्षेत्रका उद्योगको सहकार्यमा नगरभित्रका महिलाहरूलाई रोजगारी दिने भएको छ । रुपन्देहीको मोतीपुरमा रहेको सौरभ ग्रुपद्वारा संचालित जगदम्बा स्पिनिङ्ग लिमिटेडको सहकार्यमा सुनवल नगरपालिका भित्रका २० जनालाई रोजगारको अवसर दिने भएको हो । सुनवल नगरपालिका र जगदम्बा स्पिनिङ्ग मिल्सले सुनवलमा रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरी महिलाहरूलाई रोजगारीको अवसर छोप्न आग्रह गरिएको थियो ।

    नगरप्रमुख बिमला आर्यालले चुनावको बेलामा आफ्नो घोषणापत्र गरेको प्रतिबद्धता अनुसार नगरका महिलाहरूलाई रोजगारी पहल सिपमूलक तालिम दिएर रोजगार गर्ने सोही अनुरूप निजी क्षेत्रको सहकार्यमा रोजगारी दिलाउन लागेको नगरप्रमुख आर्यालले बताउनुभयो । नगरप्रमुख अर्यालको पहलमा जगदम्बा स्पिनिङ्ग उद्योग मिल्सले चाहना भएका नगरभित्रका महिलाहरूलाई रोजगारी दिने प्रस्ताव गरेको रोजगारी अवसर छन्न आग्रह गरिएको नगरप्रमुख अर्यालले जानकारी दिनुभयो । उहाका अनुसार विशेष गरी उद्योगमा आर्थिक अवस्था कमजोर र महिला हिंसा परेका महिलाहरूलाई लक्षित गरी रोजगारीको पहल गरिएको बताउनुभयो । कम्पनीमै बसेर रोजगारी गर्न चाहने महिलाहरूलाई काम गर्न अवसर जगम्दबाले दिएको अर्यालले बताउनुभयो । रोजगारी सिप दिएर रोजगारी दिने र आर्थिक रूपमा सबल हुने र आत्मनिर्भर हुन सकेमात्र सबल समाज निर्माण हुने अर्यालले बिश्वास व्यक्त गर्नुभयो ।

    उद्योगमा १८ देखी ३५ वर्षभित्रका महिलाहरूलाई ६ महिनासम्म तालिम दिईपछि पूणर्रुपमा तलब दिएर काम लगाईने उद्योगका मुख्य प्रशिक्षक होम नारायण भट्टराईले जानकारी दिनुभयो ।
    तालिम अवधिभर पहिलो दुई महिना प्रतिदिन ५सय ७० रुपैयाँको दर पारिश्रमिक दिने र दुई महिना काटेपछि प्रति दिन ६ सय ६५रुपैयाँ पारिश्रमिक उपलब्ध दिने र त्यसपछि दैनिक ९ सय १० रुपैयाँ दरले पारिश्रमिक दिने प्रशिक्षक भट्टराईले बताउनुभयो । महिलाहरूले उद्योगमा दैनिक १२ घण्टा काम गर्नुपर्ने समेत जानकारी दिनुभयो ।

    उद्योगमा भिसकस र पोलिस्टर फाईबरबाट धागो उत्पादन हुने गरेको छ । २०६२ सालमा स्थापना भएको सो उद्योगले ६०० बढीलाई रोजगारी दिइरहेको सौरभ ग्रुरुपद्धारा सञ्चालित लक्ष्मी स्टिलका मानव संसाधन तथा प्रशासन प्रमुख दामोदर पौडेलले बताउनुभयो । यहाँ उत्पादन हुने धागो भारतसहित तेस्रो मुलुकमा निर्यात हुने गरेको सौरभ ग्रुरुपका एसआर म्यानेजर तुल्सीराम रेग्मीले जानकारी दिनुभयो ।

    Post Views: 127

    प्रकाशित मिति: २०७९ पुष २६, मंगलवार १२:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    ताजा अपडेट
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ४. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ५. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    चर्चित
    • १. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.