७ कार्तिक २०८३, शुक्रबार

बर्दघाट नगरद्धारा पशुपालक किसानहरुलाई छाँटी काट्ने मेसिन वितरण

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले ४५ जना पशुपालक किसानहरुलाई छाँटी काट्ने मेसिन हस्तान्तरण गरेको छ । ७५ प्रतिशत नगरपालिकाको लगानी तथा २५ प्रतिशत किसानहरुको लागत साझेदारीमा छाँटी काट्ने मेसिन वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

छाँटी काट्ने मेसिनका लागि नगरका पशुपालक कृषकहरुसंग नगरपालिकाले आवेदन माग गरेकोमा १ सय २७ जना किसानले आवेदन दिएका मध्ये मापदण्ड पुगेका ४५ जना किसानलाई छाँटि काट्ने मेसिन वितरण गरिएको नगरपालिकाले जनाएको छ ।मेसिन पाए पछि किसान खुसी भएका थिए ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार