पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको रामग्राममा रहेको एक कुखुरा फार्ममा ठूलो परिमाणमा लुकाई छिपाई राखिएको अवैध चिनी प्रहरीले बरामद गरेको छ। रामग्राम ८ लोसहडा स्थित धर्मेन्द्र यादवको पाल्ही एग्रो फार्म प्रालिमा छापा मारी ८४१.५ क्विन्टल (१६८३ बोरा) चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एबम् सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिनुभयो ।


विशेष सूचनाका आधारमा खटिएको राजश्व अनुसन्धान कार्यालय वुटवल, जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरीको संयुक्त टोलीले सो परिमाणको अवैध चिनी बरामद गरेको हो । उक्त बरामद गरिएको चिनीको मूल्य ६३ लाख ११ हजार २५० रहेको र आवस्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी भइरहेको सूचना अधिकारी पाण्डेले जानकारी दिनुभयो।



