४ कार्तिक २०८३, मङ्लबार

असल पुरुषहरुले पाल्हीनन्दनमा निकाले लैगिक सहिंष्णुता र्रयाली

२०७९ माघ नवलपरासी ।

पाल्हीनन्दन

लैगिक हिसा नेपाली समाजको विशेषता मानिदै गर्दा पाल्हीनन्दनमा असल पुरुषहरुले लैगिंक सहिंष्णुताका निम्ति असल पुरूषले हिंसा हाेइन साथ दिन्छ भन्ने नाराका साथ र्रयाली निकालेका छन् ।

इन्दे्णी सामाजिक विकास मंच, नवलपरासी र युनाइटेड मिसन टु नेपालको साझेदारीमा पाल्ही नन्दन गाउपालिकामा संचालित एकिकृत ग्रामिण स्वास्थ्य परियोजना अभियानकाे पर्वद्धन र सचेतनाका निम्ति र्याली निकालिएको हो ।

परियोजनाको लक्ष्य अनुरुप समाजमा हुने लैगिंक हिंसाका गतिविधिहरु न्युनिकरण गर्ने अभिप्रायले गठित रोल मोडल सकारात्मक पुरुष समुहको कार्ययोजना सहयोग टिमको अगुवाइमा सचेतना र्याली आयोजना गरिएको थियो ।

आज आयोजित सचेतना र्यालीमा गेर्मी गाउँका जयमा दुर्गा स्वास्थ्य आमा समुह, शिवपार्वती स्वास्थ्य आमा समुह लगायत वडाका जनप्रतिनिधि र समाजिक अगुवाहरुको सहभागिता रहेको ईन्द्रेणी फिल्ड सुपरभाजर वसन्ती क्षेत्रीले जानकारी दिएकि छन ।

पाल्ही नन्नदन गाउँपालिका वडा नं ५ को वडा कार्यालय देखि सुरु भएको सचेतना र्याली स्थानीय राजनारायण मा.वि. हुदै विष्णुपुरा भन्सार कार्यालय सम्म परिक्रमा गरि सम्पन्न भएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार