• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

जलजला गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

  •  
  • २०८० बैशाख २९, शुक्रबार १५:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पर्वत । प्रत्येक चौमासिकमा एक पटक पारदर्शिताका लागि सार्वजनिक सुनवाई गर्ने कानुनी प्रावधान रहे पनि धेरै स्थानीय तहहरुले नगरेको पाईरहदा पर्वतको जलजला गाउँपालिकाले भने विधिपुर्वक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षका प्रगती र आगामी योजनाको बारेमा सार्वजनिक सुनुवाइ गरिएको हो ।

    कार्यक्रममा बोल्दै जलजला गाँपालिकाका अध्यक्ष राजु प्रसाद आर्चायले सेवाग्राहीका गुनासा लाई स्वागत गर्दै गाउँपालिकाले आगामी दिनमा सेवाप्रवाहलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउदै आगामी दिनमा नागरिक असन्तुष्टिहरुको सम्बोधन गर्ने र पालिकाको सेवालाई प्रभावकारी बनाउने हिसावले सवै वडामा सार्वजनिक सुनुवाइ गर्न प्रतिवद्ध रहेको बताउनुभयो । आफूहरु सकेसम्म गाउँपालिकाको स्रोत र साधानको समुचित प्रयोग गरि विभिन्न योजना अगाडी सारेर काम गरिरहेको भन्दै अध्यक्ष आचार्यले जनप्रतिनिधी र कर्मचारीहरु लाई गुनासोहरुको सम्बोधन गरि कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

    उपाध्यक्ष दिपक आचार्यले जलजला गाउँपालिकाले धेरै काम गर्ने सोच बनाएपनि आन्तरिक स्रोत कमजोर हुँदा कतिपय योजनाहरु अगाडी बढाउन नसकेको बताउनुभयो । तैपनि संघ र प्रदेश सरकार समक्ष जनमुखी कामका लागि योजना लगेर छोडेको हुनाले आगामी आर्थिक वर्षको बजेटमा ति योजनाहरु समाबेश भएर आएमा नमूना काम हुने बताउनुभयो ।

    कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत कुशल सुवेदीले वार्षिक योजना तथा कार्यक्रमको बारेमा अवगत गराउदै अहिले सम्म गाउँपालिकाले ५१ प्रतिशत बजेट खर्च गरेको बताउनुभयो । सेवाप्रवाहमा कुनै असन्तुष्टि भएमा सहज र सरल रुपमा गुनासो गर्न हरेक वडा र कार्यालयमा गुनासो पेटिका राख्ने काम अगाडी बढेको जानकारी दिनुभयो ।

    कार्यक्रममा गाउँपालिकावासी र जनप्रतिनिधिका बिचमा गाउँपालिकाको सेवा, चालु वर्षका योजना, विषयगत कार्यालयका सेवाप्रवाहमा गुनासो, स्रोतको परिचालन, उपलब्धी र कमजोरीका बारेमा व्यापक रुपमा चर्चा भयो । जलजला गाउँपालिकाले अन्य स्थानीय तहभन्दा फरक र दुरगामी प्रभाव पार्ने कार्यक्रम अगाडी सारेको भन्दै कतिपयले प्राकृतिक स्रोतको समुचित उपयोग नभएको, फोहोर ब्यबस्थापन प्रभावकारी नभएको, वडामा कर्मचारीहरुले दिने सेवामा कमजोरी रहेको, गुणस्तरीय स्वास्थ्य सेवा नभएको, सडकहरु सहज नभएको जस्ता समस्याहरु राखेका थिए ।

    Post Views: 149

    प्रकाशित मिति: २०८० बैशाख २९, शुक्रबार १५:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड
    स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?
    नवलपरासीमा आगोलागीले १२ घर खरानी : सांसद खनालले गरे सहयोगको आहवान
    ताजा अपडेट
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ३. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ४. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • ५. ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड

    चर्चित
    • १. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • २. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ३. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ४. ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.