• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

मलाई जन्मघर फर्कनै पर्छ भन्छ !

  •  
  • २०८० असार ४, सोमबार १९:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मधेस झरेको पच्चीस बर्ष नाघिसकेछ ।
    घरको खरको छनो भत्किएको छ रे
    त्यसैले कान्छा बाज्युले मलाई जन्मघर फर्कनै पर्छ भन्नुहुन्छ ।
    गाउँमा बस्ने मानिस कोही भएनन् रे
    त्यसैले कान्छी बुज्यामाले मलाई जन्मघर फर्कनै पर्छ भन्नुहुन्छ ।
    खेतबारी बाँझै रह्यो रे
    तसर्थ बाथेले मलाई जन्मघर फर्कनै पर्छ भन्नुहुन्छ ।
    घर घरमा बाँदर आउँछ रे
    त्यसैले मथेले मलाई जन्मघर फर्कनै पर्छ भन्नुहुन्छ ।

    आंशुले आँखा भरिए
    नाक सिरिङ्ग भयो
    मान झसङ्ग झस्क्यो
    तन जिरिङ्ग भयो
    मुटु पिरो भयो
    पूरै शरीर लल्याक लुलुक्क भयो ।
    रोएँ
    सोंचेँ
    पिरोलिएँं
    टोलाएँ
    छट्पटाएँ
    दिनभरि खान मन लागेन
    रातभरि निद्र परेन

    सानो झुपडीमा यतै
    श्रीमतीको माइती यतै
    छोराछोरीको मावली यतै
    मेरो ससुराली यतै
    काम गर्ने अर्काकै भए नि बारी यतै
    मेलापात गर्ने पर्म यतै
    जानेको कर्म यतै
    उधारो तिर्न यतै !

    त्यासैले
    जुरुक्क उठेर
    खुरुक्क हिँडेर
    जान साकिन
    सबैलाई लान सकिन
    मनाउन सकिन
    छोड्न सकिन ।

    फेरि जन्मघरतिरका आफन्तहारुसंग
    छलफल गर्न मन लाग्यो
    वास्तविकता बुझ्न मन लाग्यो
    पर्म, मेला नभएको बेला
    गाउँ जान मन लाग्यो ।

    बुरुक बुरुक हुँदै गाउँ पुगेँ
    बाज्यु-बुज्यामा, बाथे-मथेलाई ढोगेँ
    धेरै आशीर्वाद लिएँ
    गाउँ फर्किएस् भन्ने
    आदेश, अनुरोध अनि सुझाव पाएँ ।

    बाच्योंको बारेमा सोधें
    सपरिवार पल्टनमै
    आली आँङाको कुरा गरेँ
    सबैजना परदेशमा
    फाक्ए फुच्योंहरु
    सबै पराई घरमा
    भाइ बहिनीहरु
    बजार बिदेश पढाइमा
    त्यसैले घर रित्तै
    त्यसैले छनो चुहिएको
    त्यसैले गाउँ रित्तै
    त्यसैले बाटो भत्किएको
    त्यसैले बारी बाँझै
    उतिसले ढाकेको
    बनसामे झारले ढाकेको
    मन अमिलो लाग्यो।
    आँखा धमिलो भयो ।

    फेरि किन गाउँ बोलाइएको
    भन्ने वास्तविकता भुझ्ने प्रयास गरेँ
    गाउँको स्कुल रित्तिएछ ।
    गोरेटोमा बजेट परेछ ।
    कुवामा खानेपानी योजना परेछ ।
    बिजुलीको योजना परेछ ।
    योजनामै मन्दिर बन्ने भएछ ।

    त्यसको लागि
    माथिबाटै तोकिएको कर्मचारी खटिएछ ।
    उपभोक्त समिति बनेछ ।
    चौरासी बाज्यु अध्यक्ष
    चारबिसे बुज्यामा उपाध्यक्ष
    सतरी बाथे सचीव
    दवाँली मथे कोषध्यक्ष ‘‘
    जनश्रमदान गर्ने मान्छे भएनछ ।
    श्रमिकको अभाव खड्केछ ।
    यदि गाउँले श्रमिक नभएमा
    बजेट फ्रीज हुने जानकारी अनि धम्की दिएछ ।
    गाउँको विकास गर्नै पर्ने उर्दी जारी गरेछ ।

    त्यसैले मेरा गाउँलेहरुलाई दवाब बढेछ ।
    बजेट फ्रीज भएमा
    विकास नहुने
    बाटो, पानी, स्कुल, मन्दिर नबन्ने भएछ ।
    डाइरेक्टर, म्यानेजर, सुपरभाइजरको
    तलब, भत्ता अनि “सुट्ट“को सपना
    अधुरो रहने भएछ ।

    तीनै ठुलाका श्रमिक ल्याउन सुझाएको,
    चीलगाडी चढी टाढै गएका छन रे
    फर्किन मान्दैनन् रे
    बाच्योँ-आजी, आली-आङालाई बोलाउनुन भन्दा
    भ्याउँदैनन् रे !
    टेर्दैनन् रे ।
    यस्ता सस्ता काम गर्दैनन् रे ।
    तिम्रा सानै छन्!
    फकाए, हप्काए, दप्काए
    मान्छन् नि रे !

    नत्र
    सानोमा खाएको, लाएको, सिकेको
    सबै फिर्ता गर्ने रे !
    सबै ब्याज, स्याज, प्याज सहित
    तिर्नु पर्ने रे !
    नत्र
    भाइखलकबाट अलग गर्ने रे ।
    फैलु पूजा गर्नै नदिने रे ।
    आत्यास लाग्दा,
    गाउँ प्रवेशमा निषेध गर्ने रे ।

    अब डर लाग्यो मलाई !
    गाउँमै गएर
    सबैलाई लगेर जाने विचार गरेँ ।
    सल्लाह गरेँ ।
    कुथे बाच्योंसंग बुझ्दा,
    घरघरमै बाँदर आउने,
    बाघ बास बस्ने
    मुसाले खनेको
    दुम्सी पनि लाग्ने
    स्याल, व्वाँसो बास बस्ने
    यथार्थ बताउनु भयो ।

    अनि ल्हेगे पच्यु, क्हेप्री, लम, पैँडीसँग हेराएँ !
    पुरानो घरमा त
    दोख, मसान, दनुवा, वनको आदिले
    धेरै लामो समयदेखि बास गरेको
    पन्छाउने पच्यु खेगीको देहान्त भइसकेको
    मनुष्यको भोग दिनै पर्ने ।
    टार्न खोजे
    खाएरै छोड्ने
    भविष्यवाणी गर्नुभयो ।

    मलाई गाह्रो भयो ।
    नगएमा
    कुल, खलक, गाउँबाटै आलग गराउने
    गएमा
    भुत, प्रेत, जंगली जनवारबाट
    आफ्नै वा परिवारको भोग दिनुपर्ने
    यस्तो अवस्थामा
    मलाई जन्मघर फर्कनै पर्छ भन्छ !
    धर्म संकटमा छु ।
    मलाई जन्मघर फर्कनै पर्छ भन्छ !
    ज्यान जोखिममा पारेको छु ।

    पुराण ल्हेगे गुरुङ चिउरी खर्के
    सुनवल-३, नदुवा, नवलपरासी पश्चिम

    Post Views: 180

    प्रकाशित मिति: २०८० असार ४, सोमबार १९:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    सुस्ता पूगे सांसद खनाल: तटबन्ध लगायत समस्या हल गर्न देखिए प्रतिबद्ध
    २९ बर्ष पुग्दा रामग्राम नगरपालिकाले मनायो पहिलो पटक स्थापना दिवस
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.