• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

जलजला स्थानीय सरकारको गाउँसभा सम्पन्न, चार भाइले कर्मकाण्डी सभा चलाएको आरोप

  •  
  • २०८० असार १६, शनिबार १८:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पर्वत । असार १४

    आ.व. ०७९/८० समाप्तीको संघारमा ०८०/८१ का लागि निति तथा कार्यक्रम र वजेट परित गर्न देशभरका स्थानीय सरकारहरु गाउँ तथा नगरसभा सम्पन्न गरिरहेका छन् । यसक्रममा पर्वत जिल्लाको जलजला गाउँपालिकाले दर्जनवढी सुरक्षाकर्मिको घेरा तथा कुर्चिहानाहानको वातावरण विच गरिमामय गाउँ सभा सम्पन्न गरेको छ ।

    जलजला गाउपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले गाउँसभा सुरु भएको घोषणा गर्न नपाउदै सभाका वहुमत सदस्यहरु उभिएर गाउ सभामा पेश गरिएको कुनै पनि प्रस्ताव तथा निणर्यहरु वैधानीक हुन नसक्ने भन्दै विरोध स्वरुप ज्ञापन पत्र सुनाएपछि सभामा भनाभन सुरु भएको थियो ।

    एमालेबाट गाउँसभा सदस्यमा निर्वाचित ४ नं. वडाका वडाध्यक्ष भरतबहादुर क्षेत्रीले पालिका अध्यक्ष राजु प्रसाद आचार्य, पालिका उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, र लेखा अधिकृत फणीन्द्र प्रसाद आचार्यको मिलेमतोमा विधि मिचेर वलपुर्वक गरिएको सभा संचालन प्रणालीलाई चार भाइको सभा भन्दै आक्रोस र विरोध जनाएका थिए।

    स्थानीय सरकार संचालन कार्यविधि वमोजिम समान्य अवस्थामा सभा संचालन हुदा सचिवका रुपमा प्रमुख प्रशासकिय अधिकृत उपस्थित हुन पर्ने विधि विपरित कार्यालयका लेखा प्रमुख फणीन्द्र प्रसाद आचार्यलाई सभा सचिवकारुपमा आसिन गराईको थियो ।

    चालु आर्थिक वर्षको अन्त्य हुदैलाग्दा जेठ मसान्तमा जलजला कै स्थानीय वडानं ७ निवासी अर्जुन शर्मा जलजला गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृतका रुपमा इलाका प्रशासन कार्यालय लेखनाथ, पोखराबाट सरुवा भई आएका हुन ।

    सभाअध्क्षबाट सभाको कारवाही अघाडी वढाउने प्रयास गरिरहदा सभाका वहुमत सदस्यहरुले भने अध्यक्ष, उपाध्यक्ष, लेखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृत जलजला वडा नं ७ धाइरिङकै वडावासी रहेको अवस्थामा विधि विपरित वडा नं ७मा वजेटको ओइरो लगाईएको भन्दै विधि सम्मत प्रकृया पुरा गरेर मात्र गाउ सभा सम्पन्न हुनु पर्ने भन्दै कुर्चि हानाहान् गरिरहे ।

    सभामा अनुपस्थित रहेका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा भने यसअघि नै झण्डै साढे २ वर्ष जलजला गाउँपालिका मा प्रमुख प्रशासकिय अधिकृतको कार्यभार सम्हालेर गईसकेपश्चात पुन: दोस्रो पटक जलजला आएका हुन । अधिकृत शर्मा असार १० र १२ मा सभाको सचिवको रूपमा उपस्थित भएका थिए भने १४ गतेको गाउँ सभामा भने उपस्थित नभएका कारण सोही पालिकाका स्थानीयबासी लेखा अधिकृत फणीन्द्रप्रसाद आचार्य सभाको सचिवका रुपमा उपस्थित भएका थिए ।

    कार्यविधि अनुसार प्रत्येक सभा सदस्यलाई सभाको जानकारी एक हप्ताको समय अघावै सूचना दिनुपर्नेमा असार १० गतेका लागि १ गतेको मिति राखी ८ गते मात्र पत्राचार गरिएको भन्दै गलत नियत राखि विधि मिचिएको सभा संचालन हुन नसक्ने भन्दै विरोध गरिएको थियो ।

    स्थानीय सरकारको निति , कार्यक्रम र बजेट वारे विषयगत समितिमा दफावार छलफल नगरिएको तथा कार्यपालिका वैठकमा समेत अनुमोदन नगरि विधि लत्याई एकै पटक सभामा प्रस्तुत गरिएको र चालू आबको बजेट र प्रगतीवारे समिक्षा समेत नगरिएको आरोप वहुमत सदस्यहरुले लगाएका थिए ।

    गाउँपालिकाको प्रशासकीय भवनका लागि अघिल्लो कार्यकालमा जग्गा खरिद गरि भवन निर्माण सुरु गरिएको अवस्थामा फेरी अस्थायी संरचनाका लागि बजेट व्यवस्था गर्न खोजिएकोले वजेटको दुरुपयोग केन्द्रित कार्यशैलीको विषयमा सभाका बहुमत सदस्यले असहमति दर्ज गरेका थिए ।

    गाउँसभाको प्रारम्भ र मध्यसमयमा पालिकाका सुरक्षासंयन्त्र तथा थप दर्जनौ सुरक्षकर्मीको पहरेदारीका विच असहज, उत्तेजित र कुर्चिहानाहानको स्थितीमा रहेको सभाको अन्त्य भने संयोगान्त कथामा परिणत भएको थियो।

    चार भाइको सभाको संज्ञा दिएका वहुमत सभाका सदस्यहरुले चार भाइको भागवण्डाको रणनीतीबाट प्रभावीत भई करिव ४७करोड १०लाख वरावर को वजेट सर्वसम्मत परित गरि जलजला स्थानीय सरकारको गाउँ सभा सम्पन्नताले सफलता पाएको थियो ।

    Post Views: 139

    प्रकाशित मिति: २०८० असार १६, शनिबार १८:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज
    नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल
    ताजा अपडेट
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ३. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ४. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • ५. ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड

    चर्चित
    • १. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • २. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ३. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ४. ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.