• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

लम्पि स्किन रोकथामको बर्दघाटमा एक्सनः पशु विकास शाखाले लगायो ३ हजार खोप

  •  
  • २०८० श्रावण २३, मंगलवार १८:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+


    सुनवल । नवलपरासीको बर्दघाट नगरपालिका मातहत पशु विकास शाखाले ३ हजार गाँईलाई लम्पि स्किन विरुद्धको खोप लगाएको छ । नगरले ४ जना भ्याक्सिनेटर प्रयोग गरेर पशुहरुलाई खोप लगाएको हो । नगरले नगरबासीको घरमै पुगेर खोप लगाऊन अभियान नै चलाएको थियो । नगरको तथ्याङ्क अनुसार नगरमा ३ हजार दुहुनो गाई पालिएका छन ।

    नेपालमा २०७७ सालको साउनमा मोरङमा पहिलो पटक यो रोग पुष्टि भएको थियो । त्यसपश्चात नेपालका ७ वटै प्रदेशका ७७ वटै जिल्लामा यो रोग फैलँदा दूध उत्पादनमा ठूलो मात्रामा ह्रास आएको छ । अहिले देशको ७७ वटै जिल्लामा लम्पी स्किन रोगले गर्दा करिब ११ लाख गाई भैंसी संक्रमित भईसकेको त्यी मध्य ५० हजार भन्दा बढीको मृत्यु भईसकेको छ। सोही अनुरूप बर्दघाट नगरपालिकामा लम्पी स्किन रोगको संक्रमण दिन दिनै बढ्दो क्रममा रहेको थियो। देशमा यतिवेला लम्पि स्किनले किसान आहत भएका छन ।


    नगरबासी किसानहरुलाई जतिछिटो सेवा प्रवाह गरि महामारीको रुपमा फैलन नदिई रोग नियन्त्रण गर्न नगरको पशुपंक्षि शाखालाई निर्देशन गरि परिचालन गरिएको र क्षति न्यूनिकरण गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए ।

    अहिले सम्म नगरपालिकामा करिब १५ सय गाई संक्रमित रहेपनि सक्रिय संक्रमित भने ११९ वटा गाई संक्रमित रहेका छन । त्यस्तै नगरमा हाल उपचारकै क्रममा १४ वटा गाईको मृत्यु भैसकेको छ। यसकारण पनि रोगको रोकथाम गर्न बर्दघाट नगरपालिकाले खोप कार्यक्रम जति सक्दो छिटो प्रभावकारी रुपमा सञ्चालनमा ल्याएको थियो।

    खोप लगाएर सकिएपनि त्यसको जोखिम न्यूनिकरण गर्न अझैपनि नगरले पशु प्राविधिक टोलि गोठमै पुगेर सेवा प्रवाह गर्न परिचालन गरिएको बर्दघाट नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख भरत लम्सालले बताए ।

    नगरभित्र खोप लगाएर सकिय पनि अन्य स्वस्थ पशुहरुलाई पर्न सक्ने असर, दुध उत्पादनमा हुन सक्ने गिरावट लम्पि स्किनका कारण थप जोखिमा रहेका गाईहरुलाई निरन्तर निगरानि गर्नपर्ने हुदाँ आफु सहित प्राविधिक टोलि किसानको गोठ सम्म पुगेर परामर्श गरिरहेको पशु चिकित्सक डा। देवेन्द्र घिमिरेले बताए ।

    Post Views: 199

    प्रकाशित मिति: २०८० श्रावण २३, मंगलवार १८:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.