
पुराण गुरुङ्ग,माघ २०। नेल्टा नवलपरासीको आयोजना र नेल्टा रामग्रामको सह आयोजनामा एक दिने शिक्षक तालिम आदर्श मा वि, रामग्राम-५, परासीमा आज सम्पन्न भएको छ ।तालिमका सहभागीहरुले तालिमले सिकाइ प्रभावकारितालाई प्रोत्साहन गरेको र सिकाइ प्रक्रियामा उत्प्रेरणा जगाउने भएकोले आगामी दिनहरुमा समेत यस प्रकारका तालिमहरु नेल्टा लगायत शैक्षिक सरोकारवालाहरुले सन्चालन गरी गुणस्तरीय शिक्षा आदनप्रदानमा अभिभावकत्व लिनुपर्ने कुरामा जोड दिएका थिए।


तालिममा सामुदायिक, संस्थागत र मदरसाका ५४ जना शिक्षकहरुको उपस्थिति रहेको तालिममा कृष्ण अधिकारी र चोलाकान्त रेग्मीले कृयाकलापमा आधारित सिकाइ र सुनाइ बोलाइलाई प्रभावकारी तरिकाले अध्यापन गराउने उपयोगी तरिकाहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रम नेल्टा नवलपरासीका अध्यक्ष बबुराम पाण्डेको अध्यक्षता, सचीव रामचन्द्र पौडेल, सहसचिव पुराण गुरुङ्ग, सदस्य हिमा न्यौपाने, नेल्ट रामग्रामका अध्यक्ष दिपक भट्टराई, सचीव नाथुप्रसाद चौधरी, नेल्टा रामग्रामका सम्पूर्ण कार्यसमितिको उपस्थितिमा सम्पन्न भएको थियो ।
यसअघि नेल्टा नवलपरासीले सुनवलमा प्रभाबकारी शिक्षण सिकाइसम्बन्धी तालिम प्रदान गरिसकेको छ भने आगामी दिनमा जिल्लाका सात वटै पालिकामा अझै उत्कृष्ट तालिम प्रदान गर्ने योजना रहेको नेल्टाले जनाएको छ ।



