नवलपरासीको रामग्राम नगरपालिका क्षेत्रमा आयोजित निशुल्क बृहत स्वास्थ शिबिरमा ४ सय ७३ जना सर्वसाधारण लाभान्वित भएका छन् ।


अप्टीमिष्टिक क्लब अफ़ नवलपरासी र पतन्जली योग समितिको नवलपरासीको सह-तत्वावधानमा रामग्राम नगरपालिका अन्तर्गत १८न. वड़ालाई लक्षित गरी सम्पन्न भएको निशुल्क शिविरमा बिरामीहरुको स्वास्थ परिक्षण तथा औषधि निशुल्क रुपमा बितरण गरिएको थियो ।

सम्पन्न निःशुल्क शिविरमा लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज बुटवलले नाक कान घाटि , हाड जोर्नी तथा नशा रोग, बालरोग सम्बन्धी विशेषज्ञ चिकित्सक सहित फिजिसियन चिकित्सक सेवा उपलब्ध गराएको १ दिने शिविरका मुख्य संयोजक श्याम कुमार बस्यालले जानकारी दिएका छन्


।


