मंसिर ५ । दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले यस्तो अनुमति दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित भिडियो बनाएर सेयर गरेका कारण उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।



