• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

उद्योगपक्षलाई नियमन गर्न नसक्दा स्थानीय सरकारप्रति नगरवासीको आक्रोश

  •  
  • २०७९ माघ ३, मंगलवार १६:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पश्चिम नवलपरासी । वर्षेनी लुम्विनी चिनी मिलको प्रदुषणसंगै उद्योग र सम्बन्धित नियामक निकायबाट प्रदुषण नियन्त्रणका लागि आस्वासन मात्र पाईरहेका पश्चिम नवलपरासी सुनवलका स्थानीय उद्योगपक्षलाई स्थानीय सरकारले समेत नियमन गर्न नसक्दा आक्रोशित छन् । वर्षेनी चिनीमिलको दुर्घन्ध र प्रदुषणको शिकार बनेका सुनवल वासीको समस्यालाई सुनवल नगर पालिका, प्रदेश सरकारका सांसदले समेत आश्वासनको चारो बनाएको स्थानीय निर्मल चौधरी बताउछन् । उनी भन्छन् “ वर्षे पिच्छे चिनीमिलको प्रदुषण नियन्त्रणको कुरो उठाइन्छ, आन्दोलन हुन्छ,ताला लागाइन्छ र अन्त्यमा सम्झौता हुन्छ र कुरा सेलाउछ, हाम्रो समस्या चाही जहाको त्यहि”। प्रदुषण न्यूनिकरणबारे स्थानीयलाई केही समय भुलाउन देखावटी कागजी सम्झौता गर्न हतार गर्ने सम्बन्धित व्यक्तिहरु सम्झौता भएको यतिका समय हुदा पनि मौन रहेकोेले स्थानीय सरकार संगै कुनै पनि पक्षसंग कुनै आशा नरहेको उनले बताए ।

    चिनी मिलदेखि निस्केको कालो धुलो व्यवस्थापन गर्ने गरि सञ्चालन गर्ने सहमति गरेपनि सहमति बिपरित उद्योगले जनताको स्वास्थमाथि गम्भीर खेलबाड गरीरहदा जनताको नजिकको सिंहदरवार सुनवल नगरपालिकाले कुनै कदम नचाल्नु र उद्योगलाई निर्वाध रुपमा चल्न दिनुले केही मिलिमतो रहेको समेत स्थानीयले आशंका गरेका छन् ।


    स्थानियहरुले बिरोध स्वरूप चिनी मिलको गेटमा पुष १९ गते ताला लगाएको थिए । चिनी उद्योगबाट निस्कने प्रदुषण न्यूनिकरण गर्ने सम्बन्धि विभिन्न विषयमा गत पुष २० गते सरोकारवाला पक्ष, उद्योगी र स्थानिय विच सम्झौता भयो र ४ बुदेँ सहमती पछि उधोगमा लगाइएको ताला खुल्यो ।


    सहमति पत्रमा उद्योगले जडान गरेको प्रदुषण नियन्त्रक मेसिन परिक्षण गर्नका लागि ५ दिन परिक्षणको रूपमा सञ्चालन गर्ने, उक्त अवधिमा प्रदुषण भए नभएको अनुगमन गर्ने, प्रदुषण नियन्त्रण नभएको खण्डमा पुनःउद्योग र स्थानियहरु विच छलफल गर्ने, उद्योगको डिस्टिलरीवाट निस्कने कालो पानी(स्पेण्ड वास) नियन्त्रण गरी बाहिर बग्न नदिने, स्पेण्ड वासवाट निस्कने गंन्ध न्युनिकरण गर्ने, अर्थात गन्ध रहित बनाउने र विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्ने सहितको निणर्य भएको थियो ।
    अधिकार सम्पन्न नगरपालिकाले जनताको स्वास्थ्य प्रति खेलवाड गर्ने उद्योगी सामु हात जोडेर ‘कृपया धुलो नउडाईदिनुहोला’ भनी हात जोड्ने शैली प्रति स्थानीय आक्रोशित बनेका हुन् ।

    हेर्नुहोस सहमति पत्र

    Post Views: 108

    प्रकाशित मिति: २०७९ माघ ३, मंगलवार १६:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२
    पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन
    मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.