४ कार्तिक २०८३, मङ्लबार

दोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्ग शिल्डमा देवकोटा प्रथम,जगन्नाथ र धान्याञ्चल क्रमश द्धितिय र तृतीय


पश्चिम नवलपरासी । गत माघ ४ गते देखी पश्चिम नवलपरासीको सुनवलमा सञ्चालीत दोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड-२०७९ खेलकुद प्रतियोगितामा ८ स्वर्ण, ५ रजत र ७ कास्य गरि २० पदक प्राप्त गर्दै महाकवि देवकोट नमुना माध्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गरी राष्ट्रपति रनिङ शिल्ड प्राप्त गर्न सफल भएको छ । ५ स्वर्ण, २ रजत र ४ कास्य गरि ११ पदक सहित जगन्नाथ माध्यमिक विद्यालय दोस्रो र ४ स्वर्ण ४ रजत र २ कास्य गरि १० पदक सहित धान्यान्चल माध्यमिक विद्यालय तृत्तीय भएको छ ।

व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्याल अध्यक्षता तथा नगर प्रमुख विमला अर्याल प्रमुख आथिथ्यतामा शनिवार एक समारोहका विच विजयी विद्यालय तथा खेलाडीलाई शिल्ड तथा मेडल र प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगितामा सुनवल नगरपालिका भित्रका २३ माध्यमिक विद्यालयका छात्र तर्फ १७ र छात्रातर्फ १७ गरी ३४ वटा इभेन्टमा ४०० बढी जना खेलाडीहरु सहभागी भएको राष्ट्रपति रनिङ शिल्ड मुल आयोजक समिति संयोजक एवं विधालयका व्यवस्थापन समितिका अध्यक्ष एवं ज्ञानहरी अर्यालले बताउनु भयो।

खेलकुद प्रतियोगिता सहित विधालयमा खाना महोत्सव एवम विविध सांस्कृतिक कार्यक्रम भएका थिए। महाकवि देवकोटा नमुना माविमा सञ्चालित दोस्रो राष्ट्रपति रनिङ शिल्ड सफल पार्न सहयोग गर्ने खेल प्रशिक्षक, स्वयमसेवक,सुरक्षाकर्मी,प्रधानाध्यपक, सन्चारकर्मी , कलाकार लगायतलाई सम्मान र प्रशंसापत्र वितरण गरिएको थियो। आगामी बर्ष हुने तेस्रो राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुनवल-१३ धान्यान्चल मावी बडेरामा हुने गरि महाकवि देवकोटा नमुना माविका प्रध्यापक खेमलाल जोशी र विधालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले धान्याचल मावीका शिक्षक प्रतिनिधि साथै व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपानेलाई झन्डा हस्तान्तरण गर्नुभयो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार