
सुनवल। अबैध रुपमा ढुङ्गा चोरी गरी रहेको अवस्थामा इलाका प्रहरी प्रहरी कार्यालय बर्दघाटले ढुङ्गा सहित ट्याक्टर नियन्त्रण लिएको छ । आज आईतवार बर्दघाट ५ स्थित खजुरा खोलामा ढुङ्गा चोरी गरी रहेको अवस्थामा लु २ त ४२०१ नं को ट्याक्टर नियन्त्रणमा लिइएको बर्दघाट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएको उक्त ट्याक्टरलाई आवश्यक कारवाहीको लागी बर्दघाट नगरपालिका कार्यालय पठाईएको छ ।




