
नवलपरासी पश्चिमको शान्ति सुरक्षाको नायकका रुपमा एस.पी. बिनोद सिलवालको आगमन भएको छ ।
मधेश प्रदेश प्रहरीगण जनकपुरबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमको प्रमुखका रुपमा आजबाट एस.पी.सिलवालको कार्यभार सुरु भएको छ ।
यस अघि नवलपरासी प्रहरी प्रमुख रहेका ऋषिराम कण्डेल प्रहरी हेडक्वाटर तानिए पछि डिएसपी भोजराज पाण्डेयले निमित्त प्रमुखका रुपमा कार्यभार सम्हालेका थिए ।


आजबाट प्रहरी प्रमुख नवलपरासीको जिम्मेवारी सम्हालेका सिलवालको नवलपरासी प्रहरी प्रमुखको जिम्मेवारी कस्तो रहने हो नवलपरासीवासीको चासोको विषय रहेको छ ।



