• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

मध्यविन्दुमा दुई दशक अघि बाढीको कारण बिस्थापित विद्यालय पुनःस्थापना

  •  
  • २०८० जेष्ठ २, मंगलवार १५:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+


    बर्दघाट । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका – २ सितापुरमा २२ वर्ष अघि बाढीको कारण बिस्थापित भएको विद्यालय पुनःस्थापना भएको छ । सितापुरमा रहेको श्री जनतासिद्ध निम्न माध्यामिक विद्यालय २०५७ सालमा नारायणी नदीमा आएको बाढीको कारण बिस्थापित भएको थियो । नारायणी नदीमा आएको बाढीले बस्ती कटान र डुवान गरेपछि बस्तीसंगै विद्यालय पनि बिस्थापित बन्न पुगेको थियो । विद्यालय बिस्थापित भएको २२ वर्षपछि सोही स्थानमा शुक्रबार नयाँ वर्षको अवसर पारेर मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले विद्यालयको उद्घाटन गर्नुभएको हो । २०२६ सालमा स्थापना भएको जनतासिद्ध निमावि २०५७ सालको बाढीको कारण सितापुरबाट बिस्थापित भएपछि लुसलहरीको तत्कालिन अमर प्रा.वि भएको स्थानबाट सञ्चालन भएको थियो ।

    एउटै परिषरबाट दुई वटा विद्यालय सञ्चालन भएको केही वर्ष पछि दुई विद्यालय गाभिएर जनतासिद्ध अमर माध्यामिक विद्यालय बनेको थियो । त्यसबीचमा बाढी र डुवानको कारण बिस्थापित भएका स्थानीयहरु क्रमशः बस्ती फर्किएपनि गाउँबाट बिस्थापित भएको विद्यालय भने फर्किएन । विद्यालय बिस्थापित भएपछि सितापुर नन्दपुर सेहरीका विद्यार्थीहरुले अहिले अध्ययनको लागि अन्य क्षेत्र जानु पर्ने बाध्यता रहेको छ । विद्यालय स्थापना पछि गुणस्तरीय शिक्षाको लागि अन्य क्षेत्र पुग्नुपर्ने बाध्यता हट्ने विश्वास अभिभावकहरुको छ ।


    विगतमा विद्यालय सञ्चालनमा रहेको र भौतिक संरचना समेत भएको स्थानमा विद्यालय स्थापनापछि अब गाउँमा नै विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । शुक्रबार स्थापना भएको जनतासिद्ध विद्यालयको सञ्चालनको सम्पूणर् जिम्मेवारी नगरपालिकाको हुने भन्दै उहाँले अभिभावकहरुले कुनैपनि शुल्क बुझाउन नपर्ने बताउनुभयो ।
    “संविधानले शिक्षालाई निःशुल्क बनाएपनि स्रोतको उपलब्धता लगायतको कारण सामुदायिक विद्यालयमा पनि विभिन्न सहयोगहरु अभिभावकहरुबाट संकलन गर्नुपर्ने बाध्यता हालको अवस्थामा रहेकाले क्रमश नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुलाई पूणर् निःशुल्क गराउने योजना रहेको छ”उहाले भन्नु भयो ।पहिलो चरणमा शुक्रबार स्थापना भएको जनतासिद्ध र मध्यविन्दु नगरपालिकाको पहाडी क्षेत्रको वडा नं. १४ का सबै विद्यालयहरुमा सबै व्यवस्थापन नगरपालिकाबाट गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।


    मध्यविन्दु नगरपालिका १३ वडा अध्यक्ष एवम् सामाजिक बिकास समितिका सभापति अर्जुन प्रसाद पंगेनीले २०५७ सालमा आएको बाढीको कारण सो क्षेत्रमा पुगेको क्षति र उद्दारमा खटिएको स्मरण गर्दै गाउँ २२ वर्ष पछि पुनः स्थापना गर्ने वातावरण तयार भएको उल्लेख गर्नुभयो । नगर प्रमुख, उपप्रमुख सहित सबैले नगरको शिक्षलाई प्राथमिकतामा राखेको कारण यो सवै सम्भव भएको बताउनुभयो ।
    मध्यविन्दु २ मा रहेको कुमारवर्ती माध्यामिक विद्यालयका प्रधानाध्यापक जनक के.सी.ले छिमेकी विद्यालयको रुपमा जनतासिद्ध विद्यालयलाई गर्नुपर्ने हरेक सहयोगको लागि तयार रहेको बताउनुभयो ।
    विद्यालय सञ्चालनको लागि समुदाय स्तरबाट सहयोग हुने विद्यालय स्थापना तयारी समितका संयोजक श्याम नारायण महतोले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    “विद्यालय यहाँबाट बिस्थापित हुनु पहिले पाँच सय ६० जना विद्यार्थी यहीं पढ्थे” उहाँले भन्नु भयो “विद्यालय लुसलहरी गएपछि २०२६ सालमा खुलेको विद्यालयको इतिहास पनि हरायो गाउँका विद्यार्थीहरुले पनि दुःख पाए।”


    विद्यालयका पूर्व शिक्षक समेत रहनु भएका महतोले पूर्ववत् अवस्थामा विद्यालय सञ्चालन गर्न तत्काल सम्भव नभएपनि क्रमशः सबै विद्यार्थी र अभिभावकको रोजाई बनाउन सबै समुदाय एकबद्ध भएको बताउनुभयो । शुक्रबार नै विद्यालय समुद्घाटनको दिन विद्यालयमा भर्ना भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरिएको थियो । बैशाख ३ गतेदेखि १० गते विद्यालयले भर्ना अभियान सञ्चालन गर्ने मध्यविन्दु २ का वडा अध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो ।

    Post Views: 145

    प्रकाशित मिति: २०८० जेष्ठ २, मंगलवार १५:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न
    ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड
    स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.