• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कुल देवता !

  •  
  • २०८० असार १८, सोमबार १७:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+


    कुल देवता !
    उठ्ने बित्तिकै सम्झिने कुल देवता
    सबैभन्दा पहिला पुजिने कुल देवता
    सदा मेरो रक्षाक बनून् भनी
    जल चढाई धुपले पुज्ने कुल देवता

    साँच्चै रक्षा गर्छन् भन्छन् गाउँलेहरु
    पुज्नै पर्छ है भन्छन् गाउँलेहरु
    अप्ठ्यारोमा जोगाउलान् नि भनी
    नबिर्सनु कहिल्यै भन्छन् गाउँलेहरु

    थानमा बस्छन् मान खोज्दै
    चोखो, ताजा र तर खोज्दै
    चढाउने गर्छु सँधै मैले
    पक्कै रक्षा गर्लान् नि भन्दै

    सानैदेखि यसैमा बानी पारे
    जल, फुल धुप चढाने बानी पारे
    घरबाहिर हुँदा चढाउन नपाउँदा
    मनमा खसखस लाग्ने बानी पारे

    रक्षाको अपेक्षा धेरै पो गरेछु कि
    सहयोगको आशा धेरै पो गरेछु कि
    काम अधुरो रहँदाको बेलामा
    देवताको भरोसा धेरै पो गरेछु कि

    चढाउने फुल पनि पाइन छोड्यो
    रोपेको फुल सबै मौलाउन छोड्यो
    जतासुकै खोजिसकें मैले फुल
    फुल नजिक कतै भेटिन छोड्यो ।

    संधै देवताको सेवा गर्न भ्याइन मैले
    खेतीपातीले सेवा गर्न भ्याइन मैले
    खल्लो लाग्छ नित्यकर्म अधुरो हुँदा
    वस्तुले गर्दा सेवा गर्न भ्याइन मैले

    त्यसैले देवता रिसाए जस्तो लाग्छ
    रक्षाको मात्रा घटाए जस्तो लाग्छ
    मेरो ख्याल पनि देवताले अचेल
    अलि कम गरे जस्तो लाग्छ

    अलि फुल ओइलाउँदै जाँदा
    फुलबिनै जल चढाउँदै जाँदा
    मेरो रेखदेख पनि कमी होला
    देवताले सेवा कमी ठान्दै जाँदा

    कोर्केर हेर्लान् तर्केर जालान्
    फर्केर तर्लान् झर्केर बोल्लान्
    खिसीट्युरी गरेर उनले मलाई
    दोष लाउँदै मलाई धारे हात लाउलान्

    नमन गर्ने हातले छेक्नु पो पर्ला
    हात व्यस्तै हुँदा कसरी पो गर्ला
    हातै जोड्न मैले नपाएपछि
    आशिषको सट्टा श्राप पो पर्ला ।

    श्राप लागेपछि औंलाहरु झर्लान्
    मासु सबै सुकी चाउरी पो पर्लान्
    अब हड्डी मात्रै रहेपछि मेरा
    सेवाभव पनि वैरीभवमा सर्लान्

    भक्तिको शक्ति अब हतियार बन्नेछ
    प्रज्वलित दिपले प्रतिमा खरानी बन्नेछ
    पाखण्डी देवता र भक्तिको लडाइँले
    मन्दिर, चर्च, गुम्बा र मस्जिद समेत रणभूमि बन्नेछ ।

    पुराण ल्हेगे गुरुङ
    सुनवल-३, नदुवा, नवलपरासी पश्चिम

    Post Views: 138

    प्रकाशित मिति: २०८० असार १८, सोमबार १७:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रथम बर्दघाट एक्सपोःमेलामा शैक्षिक गतिविधीमा निजी तथा सामूदायिक विद्यालयको साथ रहने
    फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल
    आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न
    ताजा अपडेट
    • १. प्रथम बर्दघाट एक्सपोलाई अटोरिक्सा व्यवसायीको साथः भाडामा भारी छुट

    • २. प्रथम बर्दघाट एक्सपोःमेलामा शैक्षिक गतिविधीमा निजी तथा सामूदायिक विद्यालयको साथ रहने

    • ३. काठमाडौंमा ‘बंगलादेश मेडिकल एजुकेशन फेयर २०२६’ सम्पन्न

    • ४. upGrad GSP नेपाल पार्टनर्स मिट २०२६ सम्पन्न, अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य सुदृढ

    • ५. नेपाली क्रिकेटका तारा आसिफ शेख ‘रियल ड्रिम्स’को नयाँ ब्रान्ड एम्बासडर

    चर्चित
    • १. पन्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको १५औ साधारणसभा: सफाई कर्मचारी सम्मानित

    • २. नेपाली क्रिकेटका तारा आसिफ शेख ‘रियल ड्रिम्स’को नयाँ ब्रान्ड एम्बासडर

    • ३. upGrad GSP नेपाल पार्टनर्स मिट २०२६ सम्पन्न, अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य सुदृढ

    • ४. प्रथम बर्दघाट एक्सपोःमेलामा शैक्षिक गतिविधीमा निजी तथा सामूदायिक विद्यालयको साथ रहने

    • ५. प्रथम बर्दघाट एक्सपोलाई अटोरिक्सा व्यवसायीको साथः भाडामा भारी छुट

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.