
श्रावण २०, शनिबार । रूपन्देही

भलवारी जेसीज, रूपन्देहीले स्टक मार्केट (शेयर बजार) सम्बन्धी एक दिने अनुशिक्षण आज (शनिबार) अायाेजना गरेको छ । अर्थशास्त्री एवम् उपप्राध्यापक अच्युत पन्तले शेयर बजारमा जोखिम न्यूनीकरणको प्रावधानका दृष्टिले नेपाल उपयुक्त बजार रहेको भन्दै बजारमा प्रवेश, दीगो लगानी, अल्पकालीन आय आर्जन, देशको अर्थतन्त्र विश्लेषण लगायत विषयमा प्रशिक्षण दिनु दिएका थिए । यसअघि, प्रशिक्षण उद्घाटन गर्दै जेसीजका अन्तर्राष्ट्रिय सहजकर्ता एवम् शाखाका पूर्व अध्यक्ष मुक्तिनाथ गैह्रेले जेसीज आफैमा सीप विकाश र मानव विकाशको विश्वविद्यालयको रूपमा क्रियाशील भएकोले यो संस्थाबाट सबैले लाभ लिन सक्ने बताएका थिए ।
भलवारी जेसिज २००२३ का शाखा अध्यक्ष तथा लगानीकर्ता माधव प्रसाद पाण्डेको अध्यक्षता र शाखाका कानूनी सल्लाहकार जीवन भट्टराईको सञ्चालन तथा उपाध्यक्ष रूपेश पाण्डेयको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएकाे थियो । समापन कार्यक्रममा शाखाका निवर्तमान अध्यक्ष किशोर पंगेनी, निर्वतमान कार्यकारिणी उपाध्यक्ष प्रताप भण्डारी, लोकनाथ खनाल, कोषाध्यक्ष मिन तिवारी लगायतले जेसिज र युवा वारे धारणा राखेका थिए ।


